बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै


पश्चिम प्रेस
सोमबार, वैशाख ११ २०८०
  • 598
    Shares

  • images
    images
    तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै

    तनहुँ ।  तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१  मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गर्नुभएको छ ।

     नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन । 

     गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ


  • सम्बन्धित विषय:

  • # तनहुँ–१ उपनिर्वाचन
  • प्रतिक्रिया दिनुहोस