मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा एडिबीको काम कछुवा गतिमा, अन्तिम चार महिना सम्म डम्फिङ साइडको निर्क्यौल लागेन 


पश्चिम प्रेस
सोमबार, फागुन ३० २०७८
  • 947
    Shares

  • images
    images
    महेन्द्रनगरमा एडिबीको काम कछुवा गतिमा, अन्तिम चार महिना सम्म डम्फिङ साइडको निर्क्यौल लागेन 



    महेन्द्रनगर । महेन्द्रनगरमा क्षेत्रीय सहरी विकास योजना अन्तर्गत एसियन विकास बैङ्क सँगको तीन अर्ब ऋण सहयोगमा निर्माण अगाडि बढाइएका सडक निर्माण, ढल निकासा र फोहरमैला व्यवस्थापनको काम कछुवा गतिमा अगाडि बढेको छ । विसं २०७७ असार देखि भीमदत्त नगरलाई आधुनिक सहर बनाउने लक्ष्य अनुसार निर्माणको सम्झौता गरिएको थियो । जस अनुसार २०७९ असार सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने हो । 
    तर सम्झौताको म्याद सकिन ४ महिना मात्रै बाँकी रहँदा महेन्द्रनगरमा  आधुनिक सडक निर्माणको कार्य ४०÷४२ प्रतिशत कार्य मात्रै सम्पन्न भएको छ । कोरोना कारण निर्माण कम्पनीले कार्य अगाडि बढाउन नसकेको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए । अहिले महेन्द्रनगर बजारमा एक अर्बको कार्य अन्तर्गत १४ किलोमिटर सडक निर्माणको कार्य, २२ किलोमिटर ढल निकासा र ४ किलोमिटर साइकल लेनको निर्माण कार्य भइरहेको उनले जनाए । 


    तीन अर्बको श्रृण सहयोगमा भीमदत्त नगरपालिका अन्तर्गत निर्माण गरिने डम्फिङ साइट, ढल निकासा र सहरी सडक निर्माणको कार्य कछुवा गतिमा अगाडी बढ्दा महेन्द्रनगरलाई आधुनिक सहर बनाउने लक्ष्यले पूर्णता नपाउनेमा चिन्ता समेत व्यक्त गर्न थालिएको छ । फोहर मैला व्यवस्थापन केन्द्र (डम्फीङ साइट) निर्माणका लागी स्थान छनौटको जिम्मेवारी पाएको भीमदत्त नगरपालिकाले सम्झौता म्याद सकिन ४ महिना मात्रै बाँकी रहँदा समेत जग्गा छनौट गर्न सकिरहेको छैन । स्थानीयसँग सहकार्य गरी नगरपालिकाले फोहरलाई मोहर बनाउने लक्ष्य लिएको थियो तर जग्गा छनौटको कार्यले पूर्णता नपाउँदा डम्फिङ साइड निर्माणको कार्य अलपत्र परेको हो । भीमदत्त नगरपालिकाका इन्जिनियर सिंहले वडा नम्बर १९ बागफाँटामा एकीकृत फौहलमैला व्यवस्थापनका लागि स्थान छनौट गरिएको जानकारी दिए  तर अझै जग्गा छनौटको निक्र्यौल लाग्न नसक्दा कार्य अगाडि नबढेको उनले बताए । 


    आयोजना अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका ५ गल्लिको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमुना सडक, सौर्य बत्ती जडान हुने इन्जिनियर सिंहले बताए ।  अहिले महेन्द्रनगरको गल्लि नम्बर १ मा आधुनिक सडक निर्माणको कार्य अगाडि बढाइएको उनले जनाए ।


    प्रतिक्रिया दिनुहोस