मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नगरविकास लिज प्रकरण : २ सय जना माथि विशेष अदालतमा मुद्दा दर्ताको तयारी


पश्चिम प्रेस
मंगलबार, चैत १ २०७८
  • 723
    Shares

  • images
    images
    नगरविकास लिज प्रकरण : २ सय जना माथि विशेष अदालतमा मुद्दा दर्ताको तयारी

    महेन्द्रनगर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा दुई सय जना माथी विशेष अदालतमा मुद्धा दर्ताको तयारी गरेको छ ।  

    महेन्द्रनगर बजारको गुरुयोजना समेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो ।  अख्तियार स्रोतका अनुसार अबको केही दिनमै २ सय जनामाथी विशेष अदालतमा मुद्धा दर्ताको तयारी भइरहेको छ । “महेन्द्रनगर नगर विकास जग्गा प्रकरण अहिले सम्मकै ठुलो मुद्धा हो ।” स्रोतले भन्यो–“अहिले प्रतिवेदन तयार हुँदै छ केही दिनमै २ सय जना माथी विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी भइरहेको छ ।”जग्गा अनियमितताको विषय छानबिनका लागि भने अख्तियारको टोली भदौ तेस्रो साता कञ्चनपुर पुगेको थियो । अख्तियारले जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरू सहित २ सय भन्दा बढीको बयान लिएको तियो ।स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले ६६ बिघा मात्रै बाँकी छ ।  अनुसन्धान टोलीले अहिलेपनि अनुसन्धान गरिरहेको छ । ६ सय ३८ बिघा जग्गा रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ ।


  • सम्बन्धित विषय:

  • # नगर विकास लिज प्रकरण
  • # महेन्द्रनगर नगर विकास समिति
  • # अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • प्रतिक्रिया दिनुहोस