महेन्द्रनगर । असत्य माथी सत्यको विजय भएको खुसियालीमा मनाईने होली पर्वको रौनक सुदूरपश्चिममा सुरु भएको छ । फागुन शुक्ल एकादशीका दिन बाट पाचँ दिनसम्म मनाइने होली हार्षोल्लासका साथ मनाइदै छ ।
पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमका पाँच दिनसम्म होली मनाइने प्रचलन छ । पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइसरेर कञ्चनपुरमा बसोबास गर्दै आएका विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउदै आएका छन । बसाईसराईका कारण कञ्चनपुरमा विभिन्न समुदायको होलीको रौनक बढेको छ ।कञ्चनपुरमा दार्चुला,बैतडी सुमदायको एक किसिमको होली छ भने डडेल्धुराको रुपाली होली छुट्टै छ । त्यसैगरी अछामी समुदायको होली पनि भिन्न तरीकाले मनाइने गरेको छ । रानाथारु समुदायको होली पर्व पनि भिन्नै छ । होलीमा गाईने भगवानको महिमा एउटै भएपनि खेल्ने तरीका फरक फरक छ ।
होली मनाउने दिन र तरिका ठाउँ अनुसार फरक फरक हुने गरेको छ । होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । होलीलाई विशेष गरी असत माथी सत्यको विजयका रुपमा खुसीयालीका साथ मनाइने गरिन्छ । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ ।
हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको जानकारहरुको भनाई छ
.gif)