महेन्द्रनगर । आगामी बैशाख ३० मा हुने स्थानीयतह निर्वाचनका लागि कञ्चनपुरमा १० वटा मतदान केन्द्र थप गरिएको छ । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ ।
.gif)