काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवाहरू टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताएका छन् ।
महतले पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको बताए । ’यसपटक विगतमा भएजस्तो उम्मेदवादी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन। निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गर्छौं’, महतले भने।
.gif)