महेन्द्रनगर । स्थानियतहको निर्वाचन आउन झण्डै २ महिना बाँकी छन । निर्वाचन आयोगले चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिएसंगै दलहरु पनि चुनावी प्रचारप्रसारमा जुटेका छन ।
राप्रपा कञ्चनपुरका जिल्ला अध्यक्ष समेत रहेका गजेन्द्र चन्दले भीमदत्त नगरपालिकाको मेयरका लागि आन्तरीक तयारी थालेका छन । उनले मेयरका लागि चुनाव लड्ने घोषणा नगरे पनि भित्रभित्रै प्रचारप्रसार तिब्र पारेका छन ।चन्दले प्रचारप्रसारका लागि अनाथ बालबालीका र वृद्धहरु सेवाका लागि भनेर “न्युट्रेसन फर ओल्ड एण्ड अर्फन्स” नामक नयाँ फेसबुक पेज बनाएर स्पोन्सर्ड पोष्ट गरि डलर खर्चिएर प्रचार गरिरहेका छन् ।
उनले केही दिनअघि उक्त फेसबुक पेजमा अनाथ बालबालिका र वृद्धहरुलाई सहयोग गर्ने भन्दै पोष्ट गर्न लगाएका छन । उक्त फेसबुक पोष्टमा चन्दले आफुलाई समाजसेवी देखाउन खोजेका छन । हामीले फेसबुक पेजमा रहेको सम्र्पक नम्बरमा फोन गरेर बुझ्दा उक्त फेसबुक पोष्ट मेयरका उमेदवार चन्दले फेसबुकमा पोष्ट गर्न लगाएको बताए ।यसपछि हामीले महाकाली अञ्चल बाल अनाथालयका कर्मचारीलाई यस विषयमा बुझ्दा उक्त फेसबुक नामक संस्थाबाट कुनैपनि सहयोग नभएको बताए ।
राप्रापा बाट चुनाव लड्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत नक्कली अनाथालयको फेसबुक पेज बनाएर वृद्धा टुहुरा बालबालीकाहरुलाई सहयोग गरिहेको बताएका छन् । तर हामीले यस विषयमा कञ्चनपुरमा भएका अनाथालयमा बुझ्दा चन्दको तर्फबाट यस सन्र्दभमा कुनै सहयोग प्राप्त भएको छैन् । महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्ण वहादुर चन्दले उक्त नामको संस्थाबाट अनाथालयलाई कुनै पनि सहयोग नभएको बताए । “न्युट्रेसन फर ओल्ड एण्ड अर्फन्स नामक संस्थाबाट हामीलाई कुनै सहयोग भएको छैन सहयोगका लागि अहिलेसम्म कसैसंग छलफल समेत भएको छैन ।” उनले भने ।
मेयरका उमेदवार चन्दले भने उक्त फेसबुक पेज आफ्नो भएका बताएका छन । यसरी हुदै नभएको बृद्धआश्रम तथा अनाथालयलाई देखाउदै समाजसेवी देखाउने चन्दले चुनावी प्रचारका लागि अनाथ र वृद्धवृद्धाको बैखासी टेकेका छन ।
.gif)