शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चुनावमा मतगणना केन्द्रमा सीसीक्यामेरा जडान हुने


पश्चिम प्रेस
आइतबार, चैत ६ २०७८
  • 932
    Shares

  • images
    images
    चुनावमा मतगणना केन्द्रमा सीसीक्यामेरा जडान हुने

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणना केन्द्रमा सीसीक्यामेरा जडान गर्न मन्त्रालयले निर्देशन दिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई मन्त्रालयले स्थानिय तह निर्वाचन मतगणना स्थलको दृष्य अवलोकन गर्न भीसीभीएमएस प्रविधिको प्रयोग गर्न निर्देशन दिएको हो ।
     निर्वाचन आयोगले सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले पालिकालाई यस्तो निर्देशन दिएको छ ।मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस