धनगढी । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार २०७४ को स्थानीय तहका मतदाता सख्यामा करिब ७२ हजार मतदाता थपिएका छन । हाल कैलालीका १३ वटा स्थानीय तहको कुल मतदाता सख्या ५ लाख २७ हजार ५ सय ४८ छन । अघिल्लो स्थानीय तहको निर्वाचन तहको मतदाता संख्या ४ लाख ६० हजार ५ सय ७८ थिए ।
सबैभन्दा धेरैं धनगढी उपमहानगरपालिकामा १७ हजार बढी मतदाता थपिएका छन । उपमहानगरमा अहिले कुल मतदाता संख्या ९३ हजार ८ सय ४९ छ । अघिल्लो २०७४ को निवाचनका बेला ७३ हजार ४ सय ३० थिए । निर्वाचन कार्यालयका अनुसार जिल्लाका १३ वटैं स्थानिय तहमा मतदाता सख्यामा ५ देखि १७ हजारसम्म मतदाता संख्या वृद्धि भएका छ ।वैशाख ३० को स्थानीय निर्वाचनलाई ५ वटा मतदान केन्द्र थपिएका छन् ।
.gif)