महेन्द्रनगर । सुदूरपश्चिममा राजनितीक भागबण्डाका आधारमा नेकपा माओवादी केन्द्र र समाजवादी निकटका व्यक्तीले ८ जिल्लाका अस्पतालमा व्यवस्थापन समिती अध्यक्षको जिम्मेवारी पाएका छन् ।
जसमा कञ्चनपुरको महाकाली अस्पताल व्यवस्थापन समिती, कैलालीको टिकापुर अस्पताल, बैतडी अस्पताल, बाजुरा अस्पताल र बझाङ अस्पताल व्यवस्थापन समितीको अध्यक्षको जिम्मेवारी नेकपा एकिकृत समाजवादी निकट व्यक्तीलाई दिइएको छ । त्यस्तै सेती प्रादेशीक अस्पताल धनगढी, जिल्ला अस्पताल अछाम र दार्चुला अस्पतालको व्यवस्थापन समितीको अध्यक्षको जिम्मेवारी नेकपा माओवादी केन्द्र निकटका लाई दिइएको छ । उता जिल्ला अस्पताल डोटीको हकमा भने प्राविधिक कारण देखाउदै मन्त्रालयले जिम्मेवारी तोक्न नसिकिएको जनाएको छ ।
गत बिहिबार सुदूरपश्चिम प्रदेश सरकारका १२८ औं मन्त्रीपरिषद् बैठकले महाकाली प्रादेशीक अस्पतालको व्यवस्थापन समितीको अध्यक्षमा कृष्णानन्द भट्ट, सेती प्रादेशीक अस्पतालको व्यवस्थापन समितीको अध्यक्षमा नरबहादुर शाह (निर्मल) , टीकापुर अस्पतालमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरा अस्पतालमा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्टलाई नियुक्त गरेको थियो ।
.gif)