महेन्द्रनगर । कालोपत्रे गरिएको सडकको बीचमा पक्की घर छ । सडकछेउमै माध्यमिक तहको विद्यालय र स्थानीयले किनमेल गर्ने सानो बजारको बीच भागमा रहेको घरले धेरै दुर्घटना गराए पनि सम्बन्धित निकायहरू मौन छन ।
कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीस्थित सडकको बीचमा रहेको उक्त घर स्थानीय भोजबहादुर विष्टको हो । स्थानीयका अनुसार उनले सडकमा ३ धुर जमिन आफ्नो नाममा दर्ता रहेको भन्दै सडकबाट घर हटाउन मानेका छैनन । स्थानीयका अनुसार उक्त जग्गा सार्वजनिक भए पनि ०५४ सालमा विष्टले आफ्नो नाममा दर्ता गरेका हुन । सडक डिभिजन कार्यालय महेन्द्रनगर सबै अधिकार स्थानीय तहमा गइसकेको भन्दै टक्टकिएको छ ।
सडकको माझमा रहेको उक्त घरले दुर्घटना बढाएकोे स्थानीय बताउँछन । सडकछेउमै रहेको बैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु धेरै पटक त्यही घरका कारण दुर्घटनामा परिसकेका छन । भोजबहादुर विष्टले जग्गा आफ्नो नाममा दर्ता रहेको र घरका कारण कुनै समस्या नभएको दाबी गर्दै आएका छन । करिब २०÷२५ वर्षयता सडकमै रहेको उक्त घरमा विष्टले पसल थापेका थिए पछि स्थानीयले विरोध गरेपछि पसल हटाए पनि उनले घर हटाउन अस्वीकार गरेका छन ।
.gif)