महेन्द्रनगर । वरिष्ट पत्रकार खेम भण्डारीद्धारा लिखित “हावामहलका कुशल कारिगर” पुस्तिकाको विमोचन गरिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले काठमाडौमा आयोजित एक कार्यक्रममा “हावामहलका कुशल कारिगर“ पुस्तिकाको विमोचन गरेका हुन् । अध्यक्ष नेपालले पुस्तिकाले केपी ओलीको वास्तविक चरित्र खुलाएको बताए ।
उनले दुई तिहाईको सरकार चलाउन नसक्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावामा महल बनाएर भित्रभित्रै तानाशाह हुन खोजेको तथ्यलाई पुस्तिकाले स–प्रमाण प्रस्तुत गरेको बताए । लेखक भण्डारीको पुस्तिका १३ खण्डमा बिभाजित छ । ०७४ कार्तिकदेखि ०७८ भदौ ९ गते सम्मको घटनाक्रममा आधारित पुस्तिकामा नेकपा पार्टी गठनका पछाडी एमाले अध्यक्ष ओली नियतको विश्लेषण गरिएको छ । तानाशाह बन्न ओलीले कस्ता तानाबाना बुनेका थिए भन्नेमा पनि पुस्तिकाले प्रकाश पारेको छ ।
लेखक भण्डारीका अनुसार माधव नेपाल समूहले बिद्रोह नगरेको भए मुलुक अधिनायकको हातमा पर्ने तथ्यलाई पुस्तिकामा प्रमाणसहित व्याख्या गरिएको छ । उनले पुस्तिका पढेर तथ्यको खण्डन गर्न असहमतहरुलाई चुनौती समते दिएका छन । पुस्कतक महेन्द्रनगरको गल्लीनम्बर ५ स्थित नेहा पुस्कत भण्डारमा पनि उपलब्ध रहेको जनाइएको छ ।
.gif)