सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

२ वर्षपछि पूर्णगिरी मेलाको चहलपहल, सिद्धबाबाको दर्शनपछि मनोकामना पूरा हुने विश्वास


पश्चिम प्रेस
बुधबार, चैत १६ २०७८
  • 1.1K
    Shares

  • images
    images
    २ वर्षपछि पूर्णगिरी मेलाको चहलपहल, सिद्धबाबाको दर्शनपछि मनोकामना पूरा हुने विश्वास

    महेन्द्रनगर । कोरोना महामारीको दुई वर्षपछि महेन्द्रनगर बजार र ब्रह्मदेव बजारमा चहलपहल बढेको छ । नेपालकोे सिमासंगै जोडिएको भारतको उत्तराखण्ड स्थित पूर्णागिरिमा मेला सुरु भएसँगै महेन्द्रनगर बजारमा भारतीय नागरीकहरुको चहलपहल बढेको छ । 
    फागुनको पूर्णीमादेखि सुरु हुने मेला करिब ३ महिना चल्छ । महामारीले सुस्ताएको व्यवसाय मेला सुरु भएपछि ब्रह्मदेवसँगै महेन्द्रनगर बजारमा कारोबार बढेको छ । मेला अवधिमा ब्रह्मदेव र भिमदत्त नगरपालिकास्थित सिद्धनाथ मन्दिरमा दैनिक २० हजार भन्दा बढी भारतीय दर्शनार्थी आउने गरेका छन् ।  पूर्णागीरी दर्शन गरेपछि कञ्चनपुरमा रहेको सिद्धनाथ मन्दिरको दर्शन गनुपर्ने धार्मिक परम्पराअनुसार पूर्णागीरी दर्शन गर्ने भक्तजनहरु यहाँ आउने गरेका छन् । पूर्णागीरीको दर्शन गरेपछि कञ्चनपुरको सिद्धनाथ मन्दिर दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहि आएको छ ।

    होली पूर्णीमादेखि सुरु हुने उत्तराणीयी मेला असारसम्म चल्छ यो अवधिमा भारतको महाराष्ट, लखनउ, खटिमा, बनबासा विभिन्न शहरहरुबाट सिद्धनाथ मन्दिरको दर्शन गर्न यहाँ आउछन् । भारत उत्तर प्रदेशको लखिमपुर केदारीपुरका अनुप बर्मा हरेक वर्ष पूर्णागिरि मेलामा आउँथे । बुबासँगै मेला भर्न आउने गरेका उनी पछिल्ला दुई वर्ष कोरोना संक्रमणका कारण यहाँ आउन सकेनन । यस पटक भने कोरोना संक्रमण कम भएपछि उनी परिवारसहित मेलामा सहभागी भएका छन । सोमबार बिहानै घरबाट हिँडेका उनी साँझ भारततर्फ पूर्णागिरिको दर्शनपछि त्यहीं बसे । मंगलबार बिहानै ब्रह्मदेवस्थित सिद्धबाबाको दर्शन गर्न पुगे ।  लखिमपुरका बर्मा मात्रै होइन, बर्सेनि गाउँभरिका सबै जना मेला भर्न आउने गरेका छन । 


  • सम्बन्धित विषय:

  • # पूर्णागिरिमा मेला
  • प्रतिक्रिया दिनुहोस