महेन्द्रनगर । महेन्द्रनगरमा भारतबाट ल्याइएका पाथर धमाधम बिक्री हुने गरेको छ । भारतीय व्यापारीहरुले राजस्थानी पत्थरबाट बनाइएका सिलौटा र जातो महेन्द्रनगर बजारमा धमााधम बिक्रि गर्न लागेका छन । सिलौटा र जातो नेपालमै प्रसस्त पाईने भएपनि नेपालीहरुले यसको उपयोग गर्न नसक्दा भारतीय व्यवसायिहरुले राजस्थानी पत्थर ल्याएर धमाधम बिक्रि गर्न थालेका हुन । भारतको पलियाका रञ्जीत कुमारले नेपालीहरु सिलौटा र जाताकोे प्रयोग अत्याधीक गर्ने तर नेपालमा यसको निमार्ण न्युन हुने भएकाले भारतबाट नै ल्याएर बिक्रि गरिरहेका बताए ।
५–६ भारतीय परिवार नेपालमा आएर सिलौटा र जातो विक्रि गरिरहेका छन् । नेपालीहरुले रुचाएका सामाग्री विक्री गरेर आर्यआर्जन गरिरहेको भारतका रहिद निसादले बताए । राजस्थानमा मेसिनको सहायताले चौखट आकारका पाथर तयार गरिनेगरेको छ ।उक्त पाथर क्विंटलौ खरिद गरेर महेन्द्रनगरमा ल्याई नयाँ आकार कोरी सिलौटा र जातो तयार गर्ने गरेको सुरज कुमारले बताए । कुमारले महेन्द्रनगर, दैजि, तिलाचौर, दोधारा लगायतका क्षेत्रमा साइकलमा राखी सिलौटा, जातो बिक्री गर्ने गरेका बताए । उनिहरुले महेन्द्रनगर भानुपार्टी प्यालेस नटिक कुटिया बनाएर पात्थर राखेका छन् । घरका महिला सहित बालबच्चा बोकेर उनिहरु पात्थर विक्री गर्न महेन्द्रनगर पुग्ने गरेका छन् ।
यसअघि गोदावरीमा पात्थर मिल्ने भएपनि बनाउन समयबढी खर्च र मिहेनेत पनी बढी लाग्ने भएकैकारण बनिबनाउ पात्थर खरिद गरेर नयाँ आकारमा बस्तु बनाइ विक्री गरिहेका गोर्खाली टु भनिने भारतियले बताए । फेरि लगाउदै दैनिक ८–१० सिलौटा विक्री हुने उनी बताउँछन् । उनिहरुले जसबाट दैनिक ३–४ कमाइहुने गरेको बताए ।
.gif)