महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेले गठबन्धन सँग एक्लै चुनाव लड्ने भएको छ । आगामी बैसाख ३० गते हुने स्थानियतहको निर्वाचनलाई लक्षीत गर्दे नेकपा एमालेले अन्य कुनै दलसँग पनी गठबन्धनका लागी वार्ता नभएको जनाएको हो । नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले नेकपा एमाले सिंगो गठबन्धन सँग जुझ्न तयारी गरिरहेको बताए ।
कुनैपनी दलसँग तालमेल नहुने बताउँदै उनले वडा, कमिटी गठनमा आफुहरु लागेका बताए । त्यस्तै नेकपा एमालेका जिल्ला उपसचिव कर्ण बहादुर चन्दले पाँचदलिय गठबन्धन सँग एमाले एक्लै चुनावमा जाने र जित्ने दावी गरे । उनले भने,–‘आफुहरु कसैसँग तालमेलको पक्षमा छैनौँ, निर्वाचनमा एमालेलाई प्रथम स्थानमा ल्याउन तयारी गरिरहेका छौँ । उनले कञ्चनपुरमा उम्मेदवाहरुको टुंगो लाग्न बाँकी रहेको बताए । केन्द्रबाटै सर्कुलर जारी नभएकाले उम्मेदवारहरुको टुंगो लाग्न बाँकी रहेको नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरले जनाएको हो ।
चुनावी सरगर्मी बढ्दै गएकाबेला नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच आपसी तालमेल हुने देखिएको छ । कञ्चनपुरमा समाजवादी र माओवादीलाई एक्लै चुनाव जित्न सकस हुने देखिएपछि कांग्रेसको साथ आवस्यक परेको देखिन्छ । नेपाली कांग्रेसका जिल्ला सभापती पदम बोगटीले तालमेलका आधारमा आगामी स्थानियतहको निर्वाचन हुने गरी तयारी अगाडी बढेको बताए । उनले माओवादी केन्द्र र समाजवादीको पकड राम्रो भएका क्षेत्रमा सोही पार्टी र कांग्रेसको पकड बलियो भएको क्षेत्रमा कांग्रेसका उम्मेदवार चुनावमा लड्ने बताए । उनले चैत्र २० गते ९२ वटै वडामा बैठक बस्ने जानकारी दिए । बैठकको निर्णयका आधारमा प्रतिनिधी सिफारिस समेत गरिने उनले जनाए ।
चैत्र २२ गते गाउँपालिका र नगरपालिकामा बस्ने बैठकको निर्णयबाट उम्मेदवाहरु सिफारिस गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितीको तयारी छ । अध्यक्ष बोगटीले आवश्यक परेको क्षेत्रमा कांग्रेसले उम्मेदवाहरु उठाउने र चुनावी तालमेलका आधारमा अगाडी बढ्ने जनाए ।
.gif)