काठमाडौं । भारतको उत्तरपूर्वी राज्य सिक्किमले फिल्म पर्यटन खुला गरेको छ । नेपाली र भुटानी फिल्म बजारलाई लक्षित गर्दै सिक्किम सरकारल फिल्म छायांकनलाई आकर्षित गर्न आर्थिक प्याकेज पनि घोषणा गरेको छ ।
सिक्किम सरकारले केही मापदण्ड तोक्दै राज्यमा छायांकन हुने फिल्मलाई १ करोड भारतिय रुपैयाँ अनुदान दिने घोषणा गरको छ । जसका लागि फिल्मको ७५ प्रतिशत सुटिङ सिक्किममै हुनुपर्ने ५० प्रतिशत कलाकार स्थानिय हुनुपर्ने प्राबधान बनाएको छ ।
फिल्ममार्फत सिक्किमको पर्यटनमा वृद्धि गर्न चाहाना भएको र नेपाली फिल्मलाई महत्व दिएर काम गर्ने योजना भएको यहिसाता काठमाडौं आइपुगेका सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा र फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्माले भनाई छ ।
भाषिक र सांस्कृतिकरुपमा निकट नेपाली र भुटानी फिल्म छायांकनसँगै अन्य विश्व फिल्मलाई पनि राज्यमा आकर्षित गर्ने नीति रहेको बताउदै मन्त्री डा. शर्माले फिल्म पर्यटनमार्फत सिक्किमे विकासको सम्भावना खोजीहरेको बताए ।
सिक्किमले सन् २०२० मै फिल्म पर्यटन नीति घोषणा गरेपनि कोरोनाभाइरस महामारीले रोकिएको थियो ।
.gif)