विज्ञान तथा प्रविधिको कुरा गर्दा हामी पाश्चात्य मुलुकहरुतिर दृष्टि दिने गर्दछौँ । हामीले पढ्ने विज्ञान र प्रविधिको इतिहासमा पनि विज्ञानका तथा प्रविधिसित सम्बन्धित विषयवस्तुको अध्ययन गर्दा पाश्चात्य मुलुकबाट नै यसको उत्पत्ति भएका कुरा पढ्दै र पढाउँदै आइरहेका छौँ । हामीले हाम्रो विगत के थियो ? हामीले प्रयोग गर्दै आइरहेका वस्तु तथा पढ्दै आइरहेका कुराहरुमा हाम्रो पुर्खाहरुको योगदान के थियो भन्ने कुराप्रति कहिल्यै ध्यान दिएनौ । ज्ञानको उत्पत्ती कहाँबाट भयो भन्ने कुराको अध्ययन अनुसन्धान नगरी हामी पश्चिमाहरुले भनिदिएका कुरा निर्विवाद स्वीकार गर्न थाल्यौँ । हामीले जानेकै कतिपय कुराहरुप्रति पनि न हामीले चासो दिन सक्यौँ न यो हाम्रा पुर्खाहरुको देन हो भन्ने कुरालाई महत्व नै दिन सक्यौँ । यसकै फलस्वरुप पूर्वीय वाङ्मयमा रहेका कतिपय महत्वपूर्ण ज्ञानगुनका कुराहरु केही त्यत्तिकै लोप भए भने कतिपय लोपोन्मुख अवस्थामा छन् । हामीले हाम्रा पुर्खाहरुले गरेका गौरवमय काम तथा अधययन अनुसन्धानमाथि गर्व गर्नुको सट्टा बरु पश्चिमाहरुले सिकाइदिएको बुर्जुवा ज्ञानका रुपमा उल्टै टिकाटिप्पणी गर्न थाल्यौँ, जुन पूर्वीय ज्ञानको सागरमाथि धमिलो थप्ने काम हो । संस्कृत वाङ्मयमा रहेका विज्ञानसँग सम्बन्धित विषयवस्तुलाई पनि हामी कर्मकाण्डीय विद्याका रुपमा ग्रहण गरी तिनीहरुको उपयोग गर्न सकेनौँ । हाम्रा पुर्खा तथा ऋषिमुनीहरुले हजारौंवर्षको अनुसन्धान र तपस्याबाट ग्रहण गरेका ज्ञानहरुलाई हामीले मान्यता दिन नसक्दा गणित तथा विज्ञानका हरेक विषयवस्तुको इतिहास खोज्न हामी पाश्चत्य मुलुकमा मात्र दृष्टि दिन थाल्यौ । हाम्रा पुर्खाहरुले तिनीहरुभन्दा हजारौं वर्ष पहिले नै खोज तथा अनुसन्धान गरी प्रयोगमा ल्याइसकेका विषयवस्तुलाई समेत हामीले ग्रहण गर्नुको साटो त्यसलाई पनि पाश्चात्य मुलुककै पेवाका रुपमा ग्रहण गरी गलत इतिहास पढ्दै आइरहेका छौँ । हाम्रा ऋषिमुनीहरुले पत्ता लगाएको विश्वब्रह्माण्डमा रहेका ग्रह, नक्षेत्रका बारेमा होस् अथवा ग्रह नक्षत्रहरुको पिण्ड, दूरी आदिका विषयमा होस् हामीले न त विश्वास नै गर्न सक्यौँ न उहाँहरुले गरेका खोजमा गर्व नै । हाम्रा वेदहरुमा वर्णित औषधी हुन् या योग ध्यान, पुराणहरुमा वर्णित विमान हुन या अस्त्रसस्त्र तिनीहरुलाई केवल काल्पनिकताको संज्ञा दियौं । त्यसै विद्याबाट हजारौं वर्ष पश्चिमाहरुले निर्माण गरेका विज्ञानको भने खुलेर तारिफ गर्न थाल्यौँ । हाम्रा पुर्खाहरुले खोज गरेको र प्रयोगमा ल्याइसकेको विज्ञान पश्चिमामुलुकले अझैँ पनि खोज गर्न नसकेको कुरा हामीले सम्झिन सकेनौँ । जबसम्म हामी हाम्रा पुर्खाहरुको योगदानको मुक्तकण्ठले प्रंशंसा गर्न सक्दैनौ तबसम्म न हाम्रो परिचय नै रहन्छ न हामी ज्ञान विज्ञानका क्षेत्रमा अगाडि नै बढ्न सक्छौँ । ज्ञान तथा विज्ञानको क्षेत्रमा हाम्रा पुर्खाहरुको महत्वपूर्ण स्थान रहेको छ । यस्तै ज्योतिष विज्ञानका माध्यमबाट विश्वबह्माण्डको बारेमा थुप्रै खोज अनुसन्धान गरेका व्यक्तिहरुमध्ये आर्यभट पनि एक हुन् ।
इसाको पाँचौ छैटौँ शताव्दीतिरका मानिने आर्यभट एक प्रताभाशाली गणितज्ञ थिए । उनी जयोतिषशास्त्रमा पारङ्गत मात्रै थिएनन अहिलेको भाषामा भन्नुपर्दा एक महान वैज्ञानिक पनि थिए । खगोलसँग सम्बन्धित विषयवस्तुमा उनेले थुप्रै खोज अनुसन्धान गरेको पाइन्छ । उहाँको जन्मका बारेमा स्पष्ट जानकारी नभए उनको विभिन्न पूर्वीय विद्वानहरुले उल्लेख गरेअनुसार इसाको पाँचौ शताव्दीतिर पटनामा भएको मान्ने गरिएको पाइन्छ । उनले आफ्नो जीवनकालमाआर्यभटीय, दशगितिका लगायत विभिन्न तन्त्रसम्बन्धी विभिन्न ग्रन्थहरुको रचना गरेको पाइन्छ । उनले रचना गरेका ग्रन्थहरुलाई खोज गर्ने कार्य सन् १८६५ मा डा. भाऊ दाजीले गरेका हुन् । ताडपत्रहरुमा लेखिएका यी ग्रन्थहरु सुत्रात्मक पद्य शैलीमा लेखिएको पाइन्छ । पछि विभिन्न विद्वानहरुले तिनीहरुको व्याख्या विश्लेषण समेतका विभिन्न ग्रन्थहरु प्रकाशन गरेको पाइन्छ । उनले अंकलाई अक्षरमा लेख्ने पद्दतिलाई प्रचलनमा ल्याउन खोजेको पाइन्छ । उनले आफ्ना ग्रन्थहरुमा विभिन्न ग्रहहरुको चर्चा गर्नुका साथै अंकगणित, रेखागणित आदिका बारेमा समेत चर्चा गरेको पाइन्छ । उनले लेखेका विभिन्न श्लोकहरुमा वर्ग, वर्गमूल, घन, घनमूल, त्रिभुज, वृत्त, आयत, वर्ग, आदिको क्षेत्रफलका बारेमा समेत चर्चा गरेको पाइन्छ । त्यसैगरी ज्योतिष शास्त्रमा वर्णित काल, युग, वर्ष, महिना दिन आदिको गणनाका बारेमा समेत उल्लेख गरेको पाइन्छ । त्यसैगरी विभिन्न ग्रह तथा नक्षत्रहरुको गति तथा दूरीका विषयमा समेत चर्चा गरिएको पाइन्छ । उनलाई शुन्यको आविष्कारका रुपमा त संसारभरी नै चिन्ने गरिन्छ । यसरी ज्योतिष, गणित तथा विज्ञानका क्षेत्रमा हाम्रा पुर्खाहरु कति अगाडि थिए भन्ने कुराको अनुमान गर्न सकन्छि यो त एक उदाहरण मात्र हो यसबाहेक पनि हाम्रा पुर्खाहरुले ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा पाश्चात्य मुलुकले हालसम्म पनि गर्न नसकेका कतिपय कुरा पत्ता लगाएका छन् जुन हामीले महत्व दिन नसक्दा र उक्त अनुसन्धानलाई निरन्तरता एवम् प्रयोगमा ल्याउन नसक्दा हामी पछि परेका छौँ ।
.gif)