भद्रा पञ्चाङ्ग पाँचवटा अङ्ग हुन्छन्, ती मध्ये करण पनि एक हो। भद्रा एउटा करण हो।
तिथि बारं च नक्षत्रं योगःकरणमेव च
यत्रैतस्यञ्चकम् स्पष्टं पञ्चाङ्ग तथा निगद्यते
चर करण मध्येको सातौ करण भद्रालाई विष्टिकरण पनि भनिन्छ। सामान्यतया भद्रामा शुभकार्य गर्नु हुँदैन भन्ने जनधारणा रहेको पाइन्छ। लोक प्रचलनमा कुनै बबाल सिर्जना हुन गरेमा वा ग्राह्रो अप्ठेरो आइ परेमा भद्रा लागि भनिन्छ भने कसैको भलो गर्न जाँदा विपरित प्रभाव आफैले भोग्नु परेमा उल्टि भद्रा लागि ूभनिन्छ । शब्द व्युत्पत्ति हेर्दा भद्र राम्रो, असल वा कल्याणलाई जनाउँछ, त्यसैको स्त्री लिङ्ग अजाद्यतष्टाप सूत्रानुसार भद्रा शब्द व्युत्पत्ति हुन्छ। पौराणिक मत अनुसार सूर्य छाया पुत्री भद्रा हुन्। शनिकी बहिनी भद्रा विश्वकर्मा पुत्र विश्वरूपकी पत्नी हुन्। विकराल रूप भएकी भद्रा राक्षसी प्रवृति अन्त्य गर्न शिवजीले पैदा गरेको कथन पनि पाइन्छ ।
दैत्येन्द्र समरेमरेषु बिजितेष्वीशःक्रुधा दृष्टवान
स्व कार्यं किल निर्गता खर मुखी लाङ्गुलिनी च त्रिपात
टिष्टाः सप्तभूजा मृगेन्द्र गलका क्षामोदरी प्रेतगा
दैत्यघ्नि मुदितै सुरैस्तु करण प्रान्ते नियुक्ता सदा
ज्योतिषिय तथा पौराणिक मान्यताहरू अनुसार भद्रा सम्बन्धी बिभिन्न कृत्याकृत्य तथा परिहारका मत एवम् विकल्पहरू दिएका छन्।
भद्रायाम् द्वे न कर्तव्यम् श्रावणी फाल्गुणीस्तथा
श्रावणी नृपति हन्ति ग्रामं दहति फाल्गुनी
भद्रामा श्रावणी कर्म गर्नु हुदैन ,रक्षा नबाध्ने भनिएको छ। भद्राको श्रावणी गर्नाले नृपतिलाई हानी गर्छ भनिएको छ । चन्द्र राशि अनुसार भद्रावास अलग अलग ठाउँमा हुने भएकाले भद्रावास भूलोकमा भए मात्रै शुभ कर्म बर्जित गर्ने हो । चन्द्रमा मकरमा भए भद्राको वास पातालमा हुन्छ, पातालको भद्राको पृथ्वीमा के दोष धनागमनलाई अशुभ मान्नेले बारे हुन्छ।
कुम्भ कर्क द्वये मर्त्ये स्वर्गेऽब्जेऽजात्त्रयेऽलिंगे
स्त्री धनुर्जूकनक्रेऽधो भद्रा तत्रैव तत्फलं
स्वर्गे भद्रा शुभं कुर्यात पाताले च धनागम
मृत्युलोक स्थिता भद्रा सर्व कार्य विनाशनी
त्यस्तै अर्को कथन पनि छ ..
दिवा परार्धस्य बिष्टी, पुर्वार्धोत्था यदा निशी,
तथा बिष्टी शुभम् याति कमलाशन भाषितम्
भद्राकरण कहिले कहिले पर्छ भन्ने पनि होला त्यसबारेमा
शुक्ले पुर्वार्धेऽष्टपञ्चदश्योर्भद्रैकादश्यांचतुर्थ्यां)परार्धेकृष्णेऽन्त्यार्धे स्यातृतियादशम्यो पुर्वेभागेसप्तमीशम्भुतिथ्थ्योः
त्यो ठूला ठालु सामन्त राजा महाराजाले मात्रैले भद्रा पछि रक्षासूत्र बाँध्ने अरूले अगाडि नै बाधे हुन्छ भन्ने अर्थ केही विद्वानहरूले लाएछन् । कसैले भद्रामा गर्नु हुदैन भनेछन्, आधिकारिक निकायहरू पनि गंजागोल तर्क गर्छन् । अहिलेका युट्युबे र जुकेहरूका धेरै सम्प्रेषणहरू पनि भ्रम र असमञ्जस सिर्जना गरिरहेका छन्। पञ्चाङ्गहरूमै यस्ता कुरा बारे पहिल्यै निर्णय वा स्पष्टिकरण दिनु पर्दथ्यो ।
यस वर्ष २०८१ को रक्षासूत्र बाध्ने सन्दर्भमा
भद्रा १०घडी १५पला २गते राति नै ब्यतित भयेको देखिन्छ भने ३ गते दिनमा १९ / ४५ घडी अर्थात १/ ३१बजे सम्म भद्रा रहेको छ। यहाँ स्मरणीय के कुरा पनि छ कि हाम्रो दिनको सुरुआत सुर्योदय पछि मात्रै हुन्छ र करणको भोगकाल ३०घटिका हुन्छ अनि त्यो तिथिको भोगकालसंग सापेक्षित हुन्छ। ठूला बडाहरूको विज्ञप्ति आइ हालेको थियो भने भद्राको परिहार पनि छन त्यो पनि उल्लेख गरि दिएको भये सर्वसाधारणमा भ्रम उत्पन्न हुने थिएन।
भूलोकस्थासदात्याज्यास्वर्गपातालगाशुभायो मत अनुसार दिनको २०घडी २०पला सम्म मकर राशीमा चन्द्रमा भयेकाले भद्रावास पाताललोक हुन्छ, भद्रा दोष लाग्दैन, शुभ भनिएको छ।
रात्रीभद्रायदाऽह्निदिवाभद्रायदानिशीनतत्रभद्रादोष स्यातसा भद्रा भद्रादायिनी
मुहुर्तचिन्तामणि पुर्णिमाको भद्रा रात्री भद्रा हो। रात्री भद्रा दिनमा भये शुभकारक नै मानिन्छ। यो दिन सोमवार परेको छ।महर्षि भृगुको मत अनुसार सोमबार र शुक्रबारको भद्रा कल्याणी हो । भद्राको मुखभाग त्याज्य हुन्छ त्यसमा पनि भद्राको पुछ भाग शुभ हुन्छ त्यसमा अन्तिम ३घडी शुभ मानिन्छ। पृथिव्याः यानि कार्याणि शुभकामना त्वतशुभानि तु ।तानि सर्वाणि सिद्यन्ति विष्टीपुच्छे न संसय । लल्लाचार्य मतेन०
श्रबण र धनिष्टाको योगलाई अझ उत्तम समय मानिन्छ।
सोमबारको दिन अमृत बारबेलाबाट दिनको सुरुआत हुन्छ। त्यस्तै सर्वकार्य सिद्धिकी लागि चन्द्रमाको होराबाट नै दिन सुरू भयेको छ। पर्व दिन भएकाले यो छ त्यो छ धेरै खोजि रहनु पर्ने आवश्यकता हुदैन, हाम्रो तिर रक्षा र जनै देउपितर चढाएर मात्रै ग्रहण गर्ने लोक विश्वास अनुसार पनि अन्य दोष काटिने कुरा समेत मानिदै आएको छ । अतः यी मतहरूका आधारमा भद्रामा रक्षा राजाहरूले नबाध्ने अरूले बाधे पनि हुन्छ भन्ने अस्पष्टता नबोके हुन्छ।
सबैले निर्धक्कसँग रक्षा बाधे हुन्छ।
.gif)