मंगलबार, असोज ९ गते २०८० || Sep 26, 2023
images
images

ग्रह गति पञ्चाङ्ग विवेचन र अगस्ति उदयको सन्दर्भ


शनिबार, भदौ ९ २०८०
  • 1.7K
    Shares

  • images
    images
    ग्रह गति पञ्चाङ्ग विवेचन र अगस्ति उदयको सन्दर्भ
    images
    images
    images
    images
     
    अहिले गौरा पर्वको मुहुर्त एक ठूलो ज्योतिषीय समस्याका रुपमा उत्पन्न भएको छ । गौरा कुन दिन हुने हो भन्ने विषय अहिले सवैको चासो र समस्याका रुपमा प्रस्तुत भएको छ । यो यसरी ठूलो समस्याका रुपमा प्रस्तुत भएता पनि यो ठूलो समस्या होइन । दैनिक व्यवहारमा प्रयोग हुने ज्योतिषमा अनेक प्रकारका समस्याहरु छन्, जो राम्ररी अर्थ नबुझ्नाले उत्पन्न हुन्छन् र थाहा नहुने गरी गल्ती हुन्छन् । त्यसैले ज्योतिषले सामान्य विषयलाई सरल र अर्थपूर्ण तरिकाले बुझेको हुुपर्दछ । ज्योतिषमा गणितिय हिसाब हुन्छ, गणितका लागि सूत्र आवश्यक हुन्छन्, सूत्र बिना हिसाब हुदैन् तर पनि अर्थपूर्ण रुपमा सहि बुझेमा सवै सूत्र याद गरिरह्नु पर्दैन, सवै विषयलाई हमी सजिलै पत्ता लगाउन सक्छौं । भन्नुको अर्थ त्यसको अर्थ पूर्ण रुपमा बुझेको हुनुुपर्दछ ।
    ज्योतिषमा हुने प्रायः सवै विषयहरु एक आपसमा अन्तर सम्बन्धित हुन्छन् । पञ्चाङ्गमा भएका सबैको सबैसित प्रत्यक्ष सम्बन्ध नरहे तापनि कुनै एउटाको सम्बन्ध अर्को सित हुन्छ नै जस्तो कि पञ्चाङ्गका ५ अंङ्ग तिथि, बार, नक्षत्र, योग, करणमा पनि एउटाको सम्बन्ध अर्को कसैसित छ । एउटामा भएको हेरफेरले अर्कोमा पनि हेरफेर हुन्छ । अझै यी विषयहरु (पञ्चाङ्ग) सूर्यस्पष्ट र चन्द्रस्पष्ट सँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छन्, सूर्यस्पष्टले अझै सूर्य उदय, अस्त, दिनमान रात्रिमानको मान बताउन्छ, यसरी एउटा कुरा अर्कोसित सम्बन्धित हुन्छनै । सूर्यस्पष्टले अहिले हमीबाट सूर्य कहाँ छ भन्ने कुरालाई जनाउन्छ । त्यसलाई जे सुकैमा व्यक्त गरे पनि कुरा एउटै हो (जसको डिग्री मिनेट, राशि, अंशा, कला विकला नक्षत्र चरण आदि) एउटै सूर्य स्पष्ट (सूर्य)ले प्रत्यक्ष रुपमा तिथि, योग, करण र तिनका घडीपल, दिनमान, रात्रिमान, सूर्यउदय, सूर्यअस्त र ऋतु, अयन महिना गते आदि सवैलाई प्रभाव पार्छ वा जनाउन्छ, यि सवै कुरालाई एउटै सूर्यस्पष्टले बताइरहेको हुन्छ । भन्नुको तात्पर्य यि सबै एक आपसमा अन्तरसम्बन्धित विषय हुन एउटाको मान परिवर्तन गर्ने बितिकै अरुमा पनि प्रभाव पर्छ त्यसैले अर्थ र सम्बन्धलाई बुझेर मात्रै परिवर्तन र व्याख्या गर्नुपर्दछ ।
    त्यसैगरी चन्द्रस्पष्टले नक्षत्र, योग, राशि, दशा सबैसित प्रत्यक्ष सम्बन्ध राख्दछ । यसरी हेर्दै जाँदा सबै कुरा सूर्य र चन्द्रमामा आधारित छन् । त्यसैले यिनिहरुलाई एक आपसमा रहेको सम्बन्ध सहित सहि तरिकाले बुझ्नु आवश्यक हुन्छ ।
    अर्को कुरा यिनिहरुमा मान बुझ्न अयार्त सूर्य स्पष्ट र चन्द्र स्पष्ट परिवर्तन हुन भौगलिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दछ । सूर्य र चन्द्र पूर्व देखि पश्चिम तिर चल्ने भएकाले हामी पृथ्वीको मध्यान्हरेखा (लण्डन ग्रीन बीच रेखा÷ अथवा जसलाई ण्ण् मानिएको छ) कति पूर्व वा पश्चिम छौं भन्ने बुझ्नु पर्दछ । आफ्नो भौगलिक स्थिति थाहा पाउनका लागि सर्व मान्य प्रमाणित काल्पनिक रेखा मध्यान्ह रेखा हो जसको पूर्व पट्टि १८० रेखा र पश्चिम पट्टि १८० रेखा गरी ३६० रेखा छन् । समयलाई मापन गर्ने क्रममा १ रेखा अर्थात १ डिग्री बराबर ४ मिनेट समय तल माथि मानिन्छ । देशको एक भौगलिक सिमा भित्र अर्थात सिंगो देशभर कुनै एक स्थानलाई आधार मानेर समय निर्धारण गरिएको हुनछ । उदाहरणका लागि हाम्रो घडीमा पश्चिमका दोधारा चाँदनी (८००४ू) मा र पूर्वको ताप्लेजुङको लेलेप (८८ण् १२ू० समय एकै हुन्छ । बराबर बजेको हुन्छ तर खासमा दोधारा चाँदनीमा ताप्लेजुङ भन्दा ९डण््रडू×द्ध० ३२ मिनेट ३२ सेकेन्ड समय ढिलो हुन्छ । त्यति कम बजेको हुन्छ दोधाराको घडीमा यसरी नेपालको पूर्व देखि पश्चिमको समयमा अन्तर ३२ मिनेट ३२ सेकेन्ड रह्यो । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गोरीशंकर हिमाललाई काटेर गएको ८७ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानि निर्धारण गरिएको छ । यो विक्रम सम्वत २०४२ साल बैशाख १ गतेबाट लागु गरिएको थियो । नेपालको सन्दर्भमा नेपाली पञ्चाङ्गहरु त्यही ८५ डिग्री १५ मिनेटका आधारमा भनेका हुन्छन् । पञ्चाङ्गमा समावेश सवै कुराहरु त्यही स्थानलाई आधार मानेर लेखिएका हुनछन् । चन्द्र स्पष्ट सूर्यस्पष्ट अर्थात सूर्य उदय, सूर्य अत, दिनमान, तिथि नक्षत्र योग, करण बार र तिनिहरुका घडी पल त्यसैले ति ८६०१५ू का लागि ठिक त्यही हुन भने त्यो भन्दा पूर्व र पश्चिमका लागि तिनिहरुको सम्बन्धको आधारमा फकर हुन्छन् । जति जति पश्चिम तिर गयो उति उति ढिलो सूर्य उदय र जति जति पूर्वतिर गयौ उति उति चाडों सूर्य उदय हुन्छ ।
    त्यसैले पञ्चाङ्गका सवै अंङ्गहरुलाई परिवर्तन गर्नु पर्दछ । थोरै देशान्तर फरक भएका (थोरै मिनेटको समयको समयान्तर) ठाउँको पञ्चाङ्गबाट स्थानिय पञ्चाङ्ग बनाउनु उपयुक्त रहन्छ । किनकी धेरै देशान्तरले ऋतु, महिना आदि रहेका हून्छन् । व्याख्या सहि हुँदैन् ।
    सामान्यतयाः पूर्व भन्दा पश्चिममा समय ढिलो हुने भएकाले सवै तत्वहरु कम–कम वा ढिला हुन्छन् । मानौ नेपाली पञ्चाङ्गमा जेठ १५ गते सूर्य उदय ५।११ मा भयो । यो ८६०१५ू देशान्तरको पात्रो हो, समय पनि त्यही स्थानको हो (स्टाडर्ड समय), अब मैले बैतडी ८००१६ू को सूर्य उदय जान्नु छ भने देशान्तरको भिन्नताले २३ मिनेट ५६ सेकेण्ड ढिलो छ भन्ने बुझ्नु पर्यो तर मैले बैतडीमा जेठ १५ गते सूर्य उदय ५ बजेर ३४ मिनेट ५६ सेकेण्डमा हुन्छ भन्न सकदैँन् । म भन्न सक्छु कि बैतडीमा पनि लगभग सूर्य उदय ५।११ मै हुन्छ तर बैतडीमा ५।११, २३ मिनेट ५६ सेकेण्ड पछि बज्छ । यसरी बुझ्दा अन्य अन्तर सम्बन्ध सवै ठिक रहन्छ । सूर्य उदयबाट इयटकाल मात्रै निकाल्ने प्रयोजन हो भने त ५।३४।५६ बुझ्दा पनि हुन्छ, इष्टकाल सहि नै आउने हो तर त्यो पञ्चाङ्गको अन्तर सम्बन्धलाई गलत रुपले व्याख्या गर्छ । मुहुर्त प्रयोजन होस् या जातकको इष्टकालादि निर्धारण होस् जति सक्दो त्यही स्थानको स्थानिय पञ्चाङ्ग बनाउनु पर्छ । अशुद्ध इष्टकालले लग्नादि गलत भएर फलादेशमा फरक पर्छ जसका कारण फलित ज्योतिष तथा ज्योतिषका तथ्य प्रमाणहरु गलत हुन कि भन्ने भावनाको विकास भै ज्योतिषमा विश्वास घट्दछ । अर्को तिर मुहुर्त हेर्दा स्थानीय पञ्चाङ्ग नबनाउने हो भने निर्दिष्ट गरिएका तिथि नक्षत्र लग् आदि फरक हुन गै कर्महरु निष्फल तथा अनिष्टकारी समेत हुन सक्छन् । त्यसैले ज्योतिषका तथा पञ्चाङ्गका सवै अंङ्गहरुलाई उपयुक्त संस्कार गरि सुक्ष्मतम तथा निकटतम् बनाउनु पर्दछ । प्रविधिको तिव्र विकास भैरहेको यस युगमा प्रविधिका कारण प्रत्येक ठाउँको अवस्थितिलाई प्रयोग गरेर अति सुक्ष्मतम पञ्चाङ्ग पाउने छौं । कहिँ कहिँ पाइसकेका होलान् ।
    तर एक समुदाय, जिल्ला राष्ट्रमा सबैकुरा भिन्न भिन्न हुन्छन् भनेर सानो परिवर्तनले सवैको सरोकारका विषय भएका चाड पर्व तिथि मितिहरुलाई एकै दिन र एकै समयमा मान्नुपर्छ । एकै दिन मानिने हैन भने कसरी बुझ्ने के गर्ने समस्या आउन्छु जस्तो कि देशान्तरले हुने समयान्तरकै आधारमा घडीमा समय मिलाउने हो भने देश भरको घडीमा समय फरक फरक रह्ला १० बजे देखि हुने भनेको परिक्षाका लागि कस्को लागि १० कहिले बज्छ अनिश्चित होला । त्यसैले सवैलाई एक केन्द्रमा राखेर निर्णय गरिने कार्यक्रम तथा चाडपर्व÷तिथिमिति पनि हुन्छन् । कहिले काहिँ स्थानीय पञ्चाङ्गले संक्रान्ति फरक देखाउँला तर देशभर संक्रान्ति एकै दिन मान्नुपर्छ ।
    व्यक्ति विशेषका मुहुर्त तर जातकको इष्टकालादिका लागि स्थानीय पञ्चाङ्ग अपरिहार्य हो भने साझा विषयवस्तु तथा सवैका सरोकारका विषयका लागि एउटै स्थानलाई केन्द्रित गरि स्टान्डर्ड समयलाई नै आधार मान्नुपर्छ साझा सरोकारका विषयमा सवैको ध्यान हुन्छ नै तिनिहरुका लागि एकजनाले ध्यान नदिदा पनि हुन्छ तर व्यक्तिगत (मुहुर्त र इष्टकालादि) विषयहरुका लागि स्थानीय पञ्चाङ्गको आवश्यकता बढि हुन्छ र विशेषरुपमा ध्यान दिनुपर्छ किनकी सवैले नहेर्ने हुँदा गल्ती हुन्छ ।
    सांराशमा भन्नुपर्दा पञ्चाङ्गका सवै अङ्गहरु र तिनिहरुको एक आपसमा रहेको सम्बन्धलाई बुझ्दै भौगलिक अवस्थिति, पञ्चाङ्ग रहेको स्थानको अवस्थिति र प्रमाणित समयको अवस्थितिलाई समेत ध्यान दिएर शुद्ध इष्टकाल, सुक्ष्मतम निकटतम् पञ्चाङ्ग बनाउनु पर्दछ ।
     
    गौरा सम्बन्धमा
    यस वर्षको गौरा पर्वको दिनलाई लिएर पर्याप्त छलफल भैसकेको छ । यस विषयमा धेरै भन्नुपर्ने छैन आफ्नो अभिव्यक्ति सवैले राखिसकेको अथवा पर्याप्त खोज अनुसन्धान भैसकेको विषय बनेको छ । गौरा त्यसैले मैले गौरा विषयमा धेरै केहि भन्नु छैन् । तैपनि केहि यस विषयमा नबुझेका कुरा भनु या मेरो धारणा व्यक्त गर्दछु ।
    चान्द्रमासका हिसाबले मनाइने तर अन्य सौरमास आदिको पनि निर्णायक भूमिका रहेको एक विशिष्ट खालको ४ दिवसिय पर्व गौरा पर्व हो । यो मुख्यरुपमा सुदूरपश्चिममा मनाइन्छ । सवैका लागि विशिष्ट चाडको रुपमा रहेको यो चाड विवाहित महिलाको अपरिहार्य एवम् मुख्य चाडका रुपमा रहि आएको छ ।
    यो चाड भाद्र शुक्ल पञ्चमी (विरुडा पञ्चमी) देखि सुरु भै भाद्र शुक्ल अष्टमीका दिन समापन हुन्छ । तर त्यो भाद्र शुक्ल अष्टमी अगस्ती ताराको उदय भन्दा पूर्व र आश्विन महिना भन्दा पूर्व परेको हुनुपर्दछ । यदि भाद्र शुक्ल अष्टमी अगस्ति उदय भन्दा पछाडि वा असोजमा परिरहेको भए, भाद्र कृष्ण पञ्चमी देखि भाद्र कृष्ण अष्टमी सम्मका दिनमा ४ दिवसिय गौरा पर्व मनाइन्छ ।
    चाडपर्व रितिरिवाजलाई निर्देशित गर्ने पुराण, धर्मसिन्धु निर्णयसिन्धु आदि ग्रन्थहरु तथा विद्वान व्यक्तिहरुका बचनमा भाद्र शुक्ल अष्टमीमा हुने नभए वैकल्पिक रुपमा भाद्र कृष्ण अष्टमी भनेको पाइयो तर भाद्र कृष्ण अष्टमीमा पनि नभएको खण्डमा श्रावणमा मनाउनु पर्छ भन्ने स्पष्टरुपमा भनिएको पाइएन् । सवैको भनाइ अनुसार असोज महिना र अगस्तिको उदय पश्चात नबनाउने पर्ने भन्ने कुरा स्पष्ट छ । श्रावण शुक्ल एकादशी (पुशत्रदा एकादशी) को व्रत विना र श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा) अघि गौरा (दुर्वापष्टमी) हुनुहुदैन भन्ने भनाइ पनि स्पष्ट रहेको छ । भाद्र कृष्ण भन्दा अगाडिको पक्ष श्रावण शुक्लपक्षमा मनाउन मिल्छ भनेर स्पष्ट रुपमा नभनिएको र भाद्र कृष्ण अष्टमी वा भाद्र शुक्ल अष्टमी अगस्तिको उदय प्रश्चात वा असोजमा परे पनि नमनाउनु भन्नुको अर्थ भाद्र चान्द्रमास मै उपयुक्त तिथि पर्छ हुन्छ तर अगस्तिको उदय अघि भाद्रमासमा भाद्र शुक्ल वा कृष्ण कुनै अष्टमी पनि पर्दैन भने त्यस अवस्थामा के गर्ने ? यो अस्पष्ट भयो  समस्याको विषय पनि भयो । २÷३ वटा मापदण्ड पूरा गर्नु पर्ने भएकाले यो समस्याको विषय बन्यो । कि त अगस्तिले सधै कम्तिमा भाद्र कृष्ण अष्टमी पश्चात नै उदाउनु प¥र्यो या त गौरा (दुर्वाष्टमी) श्रावण शुक्ल अष्टमीमा पनि मनाउनु पर्यो ।
    विगतलाई हेर्दै जाने हो भने आश्विन मास र अगस्तिका उदय पश्चात गौरा निषेध गरिएको तर श्रावण शुक्ल पक्ष (सारै भाद्र मास युक्त) र श्रावण मास (भाद्र चाद्रमास युक्त)मा गौरा मनाएको देखियो । उदाहरणका लागि २०२३ सालमा श्रावण शुक्लपक्षमा भाद्र ७ गते गौरा परेको छ । त्यसैगरी वि.सं. २०१२ सालमा भाद्रकृष्ण पक्षमा साउन २७ गते बुधवार गौरा परेको छ । (गणेश मार्तण्ड पञ्चाङ्ग अनुसार)
    मूख्य निर्धारक विषय अवस्ति उदय पुराणहरुको मान्यता अनुसार भाद्र २१ गते उदय हुने तथा सूर्य कन्या राशिमा प्रवेश गर्नु भन्दा ७ दिन अगाडि उदय भएको अगस्तिको पुजा गर्नुपर्छ भन्ने बुझिन्छ । गणितिय विधि अनुसार भिन्न पद्धतिमा भिन्न भिन्न नियम अनुसार यसको गणना गरिएको छ । जुन थोरैले फरक फरक उदयकाल बताउन्छन् । अगस्तिले ठिक दक्षिण दिशालाई दक्षिण दिसा पत्ता लगाउन अगस्ति तारालाई हेरिन्थ्यो र आजभोलि पनि हेर्ने गरिन्छ । वास्तुशास्त्रमा घर भवन बनाउँदा बेढो (बेध) हेर्ने गरिन्छ, दक्षिण दिसा (ध्रुवमा) मा केहि पनि पर्नु पर्दैन त्यसैले सो पहिचान गर्न पनि अगस्ति हेर्ने गरिन्थ्यो । दक्षिण दिसाबाट उदय हुने भएकाले दक्षिणतिर पहिला र उत्तरतिर विस्तारै ढिला उदय हुने कुरा स्वभाविक र स्पष्ट हुन्छ । कति उत्तर छौं हामी भनी बुझ्न अक्षांश बुझ्नु पर्दछ । पृथ्वीको बिच भागलाई आधार मानेर पृथ्वीको पूर्व–पश्चिम खिचिएका काल्पनिक रेखालाई अक्षांश भनिन्छ । बिचमा आधार मानिएको रेखा विषुपत रेखा ० डिग्री हुन्छ त्यहाँबाट उत्तरतिर ९० वटा रेखा अक्षांश र दक्षिणतिर ९० गरी १८० वटा अक्षांश रहेका छन् ।
    अक्षांशले दूरीलाई जनाउन्छ । १ अक्षांश बरावर १११ किलो मिटर दुरी हुन्छ । नेपालको सवैभन्दा कम उचाइ भएको स्थान झापाको लोदावरी (अक्षांश २६ डिग्री २२ मिनेट) हो भने सवैभन्दा बढि उचाइ भएको स्थान हुम्लाको च्याङ्ला (अक्षांश ३० डिग्री २७ मिनेट) हो । स्थान अनुसार अगस्तिको उदय र अस्त पनि फरक रहला अगस्ति वर्षको एक पटक उदय र एक पटक मात्र अस्त हुने भएकाले पनि यसको गति मन्द रहेको कुरा बुझिन्छ । अतः गणितिय विधिबाटै स्थान विशेष भिन्न उदयकाल थाहा पउन सकिन्छ । दक्षिण दिशाबाट उदाउने भएकाले पलभालाई आधार मानेर उदय अस्त साधन गरिन्छ । पलमा अक्षांशबाट प्राप्त गर्न सकिन्छ । यो मेरो लागि पूर्ण ज्ञान र बुझाइको विषय हैन, अगस्तिको उदय अस्त अनुसन्धान, अध्ययन तथा खोजको विषय हो । यसै अध्ययनको छोटो समयमा मैले अगस्ति उदयका केहि गणितिय विधि खोजेको छु । जसका लागि मैले गौरी शंकर हिमाल केन्द्रविन्दु तथा देशान्तर ८६०१५ू र अक्षांश २७०४२ू भएको सुप्रसिद्ध तोयनाथ पञ्चाङ्ग र अल्मोडा केन्द्र विन्दु भएको सुदूरपश्चिमबाट सवैभन्दा नजिकको र सुदूरपश्चिमका अधिकांशले प्रयोग गर्ने ७९०४१ देशान्तरको गणेश मार्तण्ड पञ्चाङ्ग प्रयोग गरेको छु । जसमा मैले नमुनाका रुपमा छड्के रुपमा केहि पञ्चाङ्गलाई हेरेको थिए ।
    अगस्ति उदय साधन विधिहरु ः
    १. पहिलो विधि पलभालाई ८ ले गुणन गरी ९० जोड्दा हुने जोडफल बरावर अंशात्मक सूर्य स्पष्ट हुँदा अगस्ति उदय हुन्छ ।
    २. दोस्रो विधि पलभालाई ८ ले गुणा गरी ९८ जोड्दा मध्यम उदय अंश हुन्छ । मध्यम उदय अंशबाट २ घटाई १६ ले भाग गरि आउने भागफल मध्यम उदय अंशबाट ह्ण गर्दा हुने अंशात्मक सूर्य स्पष्टमा अगस्ति उदय हुन्छ ।
    ३. तेस्रो विधि पलभालाई ८ ले गुणा गरी ९० जोडि हुन आउने जोड्फलबाट अपभालाई २ ले भागगरि हुन आउने भागफल घटाउँदा हुने अंशात्मक सूर्य स्पष्टमा अगस्ति उदय हुन्छ ।
    ४. चौथो विधि पूर्वाफाल्गुणी नक्षत्रको तेस्रो पाउमा (चरण) सूर्य जानु भन्दा २० घडी पूर्व अगस्ति उदय हुन्छ ।
    अंक्षंश अनुसार सूर्य स्पष्टमा अगस्ति उदयलाई देखाउँदा
    सूर्य स्पष्ट ः (राशी, अंशा कला÷विकला)मा
    काठमाडौं अक्षांश २७।४१ पलभा ६।१८अल्मोडा २९।३७ू ६।४६।३२बैतडी २९।४१
    ६।४८।११ कैलाली २९।४१
    ६।३३।५५ दार्चुला २९।५१
    ६।५३।११ हुम्लाको च्याङ्ला ३०।२७
    ७।३।१६ झापाको लोदावरी २६।२२
    ५।५६।५३
    पहिलो विधि ४।२०।२४।४ ४।२४।१२।१३ ४।२४।२५।२९ ४।२२।३१।२० ४।२५।५।२८ ४।२६।२६।८ ४।१७।३५।७
    दोस्रो विधि ४।१९।१५।४ ४।२२।४८।५८ ४।२३।१।२४ ४।२१।१४।२३ ४।२३।१८।५८ ४।२४।५४।३० ४।१६।३६।४०
    तेस्रो विधि ४।१७।१५।४ ४।२०।४८।५८ ४।२१।१।२४ ४।१९।१४।२३ ४।२१।३८।५२ ४।२२।५४।३० ४।१४।३६।४०
    चौथो विधि
    सरदर ४।१९।४०।३७ ४।१९।४०।३७ ४।१९।४०।३७ ४।१९।४०।३७ ४।१९।४०।३७ ४।१९।४०।३७ ४।१९।४०।३७
     
    चौथो विधिको लागि केहि थप कुरा ः
    पू.फाको तेस्रो चरणमा सूर्य प्रवेश गर्दा ः सूर्य स्पष्ट . ३६०÷१०८×४२ . ४।२०।०।०
    सरदर गति ५८।१० मानिएको
    नोट ः पू.फा को तेस्रो चरण भन्दा २० घडी अगाडि भनेको सधै समान सूर्य स्पष्ट हुदाँ होइन किनकी सूर्यको संक्रमणकाल र गतिले फरक पर्छ, सधैं २० घडी पूर्व त्यही सूर्य स्पष्ट हुदैन त्यसैले सरदर अथवा मोटामोटी रुपमा प्रस्तुत गरिएको हो ।
    अध्ययनको क्रममा मेरो नमुनामा रहेका ८ वटा तोयनाथ पञ्चाङ्गहरुमा पञ्चाङ्गमा दिइएको अगस्तोदय समयको सूर्य स्पष्ट गरी हेर्दा लगभग ४।१७।३५।४० मा अगस्ति उदय हुने अर्थात भाद्र १९ गते हुने देखाएको छ । जुन तेस्रो विधिसँग लगभग मिल्छ (त्यसको नजिक छ) र गत वर्ष २०७९ र २०८० सालको तोयनाथ पञ्चाङ्गमा क्रमश सूर्य स्पष्ट ४।१९।१४।५८ र ४।१९।१५।० हुँदा अगस्ति उदय भएको देखाएको छ । जुन दोस्रो विधिसँग मेल खान्छ ।
    गणेश मार्तण्ड पञ्चाङ्गलाई छड्के नमुनाका रुपमा ३० भन्दा बढि पञ्चाङ्गलाई हेर्दा चौथो विधि अर्थात पूर्वा फाल्गुनीको तेस्रो अगस्तिको उदय देखाएको छ । भने विगत छ वर्ष देखि गणेश मार्तण्डले आफूले पालना गरेको नियम परिवर्तन गरेर अगस्त ३१ तारिखमा अगस्ति उदय देखाएको छ ।
    तिनिहरुले अपनाएको विधि के हो ? वास्तवमा अगस्ति उदय कहिले हुन्छ ? किन विधि परिवर्तन भयो ? यी प्रश्नहरु खोज र जिज्ञासाका विषय हुन् । अगस्ति तारा दृश्य कुरा भएकोले विधिको परिक्षा कै लागि भएपनि भाद्र १५ गते देखि आकाशमा दक्षिण तिर नियालेर सत्य तथ्य बुझ्न सकेला ।
    गणेश मार्तण्ड पञ्चाङ्ग अक्षांश देशासन्तरले पनि सु.प.बाट नजिक रहेकोले यो नै बढि उपयोगी र विश्वासका आधारमा लिइन्छ । अगस्तिको सन्दर्भमा गणेश मार्तण्डले विगतमा प्रयोग गर्दै आएको शुत्र अनुसार (पू.फा.मा सूर्य प्रवेश भन्दा २० घडी पूर्व) अक्षांशले अगीस्तलाई प्रभाव पार्दैन भन्ने बुझिन्छ, बरु देशान्तरले फरक पार्छ, जो थोरै हुन्छ किनकी सूर्यको गति बढि हुने भएकाले । केहि पुराना हस्तलिखित पुस्तकमा पनि त्यही सूत्र राखेको छ, सम्भवत सुदूर–पश्चिमका पुरना ज्योतिषहरु त्यसैलाई मान्थे जुन भाद्र २०, २१ र २२ गतेका बिचमा पर्छ । दक्षिण दिसाबाट उदय हुने अगस्तिलाई एउटै सूर्य स्पष्टमा सर्वत्र उदय हुन्छ भन्ने सान्दर्भिक र वैज्ञानिक त देखिदैन् ।
    गणेश मार्तण्ड पञ्चाङ्गले आफ्नो पात्रोमा कहिले पलभा ६।४० कहिले, ६।४४ कहिले ६।४६।३२ लेखेको छ । पुराना हस्तलिखित केहि पात्रोहरुमा बैतडीमा २३ गते सम्म गौरा पर्व मनाएको र अगस्तिको उदय २३ गते भएको देखाइएको पाइएको छ । खण्ड खाद्य गणितको स्थानीय पलाभाका आधारमा २३ गते मानिएको देखिन्छ ।
    गणेश मार्तण्डको त्यही पुरानो सूत्र प्रयोग गर्ने हो भने भाद्र २१ गते ४६ घडी ४८ पलामा अगस्ति उदय हुन्छ । जसअनुसार सु.प.मा २१ गते रात्रि २४ बजेर ५१ मिनेटमा अगस्तिको उदय हुन्छ । गणेश मार्तण्ड पञ्चाङ्गले अगस्त ३१ मा अगस्तिको उदय हुन्छ भन्ने कुरालाई देखाएको छ । साँचै अगस्ति भाद्र १५ र १६ गतेमै उदाउन थालेको हो ? यदि हो भने थोरै गोरा मात्रै भाद्रमासमा पर्छन् अरु सबै भाद्र कृष्ण, श्रावण शुक्लमा पर्नेछन् । उन्याली गोरा अर्थात भाद्र शुक्लपक्षको गौरा विरलै भाग हुनेछन् भने यसको प्रत्यक्ष प्रभाव गोरा मनाउने हिन्दु नारीमा पर्नेछ । नयाँ गौरा व्रत लिनेका लागि शुक्लपक्षको गौरा भेटाउन मुस्किल पर्ने छ ।
    यस वर्ष तोयनाथले प्रयोग गरेका विधि अनुसार हेर्दा ः (दोस्रो विधि अनुसार) काठमाडौंमा अगस्ति उदय भाद्र २० गते इष्टं ५५।४८ अर्थात २१ गते विहान ४।४ बजे बैतडीमा अगस्ति उदय भाद्र २४ इष्टं ४८।५५ (२४ गते राति १।४४ बजे, कैलालीमा भाद्र २२ इष्टं ५८।४७ (२३ गते विहान ५।३८ बजे) दार्चुलामा भाद्र २५ गते इष्टं २७।३४ (२५ गते बेलुका ५।११ बजे), हुम्लामा (भाद्र २६ गते राति १।११ बजे) झापामा (भाग्र १८ इष्टं १२।२० (भाद्र १८ गते विहान १०।३३) पञ्चाङ्गहरुले प्रयोग गरेको विधि नजान्नु या परिवर्तन हुनाले अगस्ति उदयको काल जान्न अस्पष्ट र अप्ठ्यारो भएको छ । त्यसैले कुनै विधिका अनुसार त्यसै दिन अगस्ति उदय हुन्छ भनेर दाबि गर्न न सकिने अवस्था छ ।
    अगस्तिको उदयकाल थाहा भैसकेपछि, कुन ठाउँको अगस्ति उदयले निर्णयक भूमिका खेल्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । त्यसका लागि यो पर्व कहाँ कहाँ मनाइन्छ, क–कस्को सरोकारको विषय हो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । यदि नेपाल भर मनाइने हो भने झापाको अगस्ति उदयलाई लिनुपर्ला कि ? (प्रदेश भर एक रुपताको लागि) सुदूरपश्चिमको मात्रै हो भने कैलालीको अगस्ति उदय मान्ने कि मध्यक्षेत्र को मान्ने ? यी कुरा हेर्दा मात्रै पनि होला किनकी सु.प.को सवभन्दा अगाडि छ, पञ्चाङ्गको केन्द्रलाई आधार मान्ने हो भने काठमाडौं अर्थात पञ्चाङ्गमा उल्लेख भएको मान्नुपर्छ कि ?
    अतः उपयुक्त विधि, मान्यता, संस्कृति, परम्परा, परिस्थिति सवै कुरालाई बिचार गरेर जुन धेरै बैज्ञानिक शास्त्रिय, परम्परागत रुपमा उपयुक्त हुन्छ त्यही दिन चाडपर्व मनाउनु उपयुक्त हुन्छ । सम्पूर्ण हिन्दु तथा सुदूरपश्चिम बासिहरु एवम् गौरा मान्ने सम्पूर्णमा गौरा पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
     
     




    प्रतिक्रिया दिनुहोस