क्रुर ग्रह वक्रे अति क्रुर ( मानसागरी )
शिक्षक हरुको आन्दोलन पुर्व निर्धारित कार्यक्रम वमोजिम २०८० असोज ०३ गते ११ वजे काठमाण्डौ मंडला वाट शुरु भएको छ । शिक्षा विधेयकको पृष्ठभुमीमा देखा परेको परिघटनाको ज्योतीषीय विश्लेषण तत्कालीन समयमा आकाशमण्डलका ग्रहहरुको सम्वन्ध समीकरण र भौतिक विज्ञानको थ्यौरी अफ रिलेटिभिटी समेत लाइ एकिकृत ढंगले मध्यनजर गर्दा निम्न वमोजीम आंकलन गर्न सकिन्छ।
लग्नेश मंगल विद्रोहको कारक मानिन्छ । लग्नेश नैशगिक शत्रु वुधको घरमा वस्नुले विशेष परिस्थती निर्माण गर्दछ । वाणीज्य र वार्गेनिगंको कारक ग्रह विद्रोहको कारक मंगलका साथ लाभ स्थानमा वसेकाले विद्रोह र वार्गेनिगं को संयोजनमा टुगिंने लक्षण देखाउछ।
अर्कोतर्फ ग्रहहरुको शिक्षक मानिने वृहस्पती आफै वक्र भएर राहु संग गुरु चाण्डाल योग निर्मित गरि वसेको छ । वक्र वा वांगो भई हिडनु लाई भौतिक विज्ञानको भाषामा ग्रह पछाडी सर्ने नभई ग्रहको गति कम हुने भनेता पनि थ्योरी अफ रिलेटिभिटि वमोजिम डायनामिक विश्व चरित्र लाई हेर्दा ज्योतीष शास्त्रको वक्र गतिको सिद्धान्तलाई पुष्टि गरेको छ । त्यस्तै न्यायको कारक ग्रह चतुर्थ वस्नाले सुखमा विपरीत अवस्था सृजना गराउछ । त्यस्तै वक्र शनिको दृष्टी अग्नीकारक राशी मेषमा अवस्थित गुरु र राहुमा पर्नुले यो विवादास्पद अवस्था सृजना गरेको मान्न सकिन्छ।
मेरो गोरुको वाह्रै टक्का भन्ने तवरले प्रस्तुत भएमा उपलव्धी प्राप्त गर्ने भन्दा घाटाको अवस्था सृजना हुन सक्छ । केतु व्ययस्थ भएकाले प्रहरीको डण्डाको भय समेत रहन्छ । शुक्र नवम रहेकाले आन्दोलन मनोरन्जनपुणर््ा र केही विवादास्पद भने हुन सक्छ । वृहस्पतीको कारक क्षेत्र धर्म र संस्कृति पनि रहेकाले धार्र्मीक असहिष्णुता केही समय अझै सतहमा आउने छन । राजनितीज्ञहरुका वोली व्यवहार सतहमा आउन सक्छन। अन्तमा सर्वे भवन्तु सुखिनम ।
अस्तु
.gif)