भारतवर्षमा खगोल विज्ञानको अध्ययनको शिलशिलामा वैदिक तथा पौराणिकपछि आधुनिक विद्वानहरूको श्रेणीमा गणेश दैवज्ञ पनि एक मूर्धन्य गणितज्ञका रूपमा प्रसिद्ध छन् । भनिन्छ उनले १३ वर्षको उमेरमै ज्योतिषीय गणितमा चमत्कारिक सिर्जना गरेका थिए ।
ग्रहलाघव गणितका प्रणेता उनले शाके १४२९ मा जन्मिएर शाके १४४२ मै अहर्गण साधनको नयाँ सुत्र प्रतिपादन गरेका थिए । एक दर्जन उनका ज्योतिषी कृतिका रचनाकार उनको ग्रहलाघव गणित व्याख्या गरेर टीका लेख्ने सुप्रसिद्ध ज्योतिषीहरूमा मल्लारि ९ शाके १४९३, विश्वनाथ दैवज्ञ, (शाके १५००, नृसिंह दैवज्ञ) शाके १५०८ युगेश्वर झा (दरभंगा), डा ब्रह्मानन्द त्रिपाठी (कुमाउँ) लगायतका दर्जनौँ विद्वान थिए । यसैमा आधारित केशवीजातक एवम् केशवीय पद्धति गणित ग्रन्थ सिर्जना भएका छन् । यस महत्वपूर्ण गणित ग्रन्थलाई आर्य भट्ट, बराहमिहिर, ब्रम्हगुप्त सतानन्द, भाष्कराचार्य, केशव दैवज्ञको योगदान सरह सर्वमान्य मानिन्छ र ज्योतिषीय अध्ययन तथा साधनमा व्यापक प्रयोग भएको पाइन्छ । नेपालमा खासगरी सुदूरपश्चिममा खण्डखाद्यक गणितपछि सर्वाधिक लोकप्रिय गणितको अध्ययन एवम् प्रयोग व्यापक रूपमा हुदै आएको छ । ग्रहगणित साधनमा महत्वपूर्ण यस करण ग्रन्थमा पनि अगस्त्योदय साधन विधि निर्दिष्ट छ ।
पलभाष्टावधोनसंयुता गजशैला वसुखेचरा लवाः ।
इह तावति भाष्करे क्रमाद्घटजोऽस्तं ह्युदयं च गच्छति ।।
पलभा र ८को गुणनफललाई ७८ मा घटाउँदा तथा ९८ मा जोडदा जुन फल आउँछ त्यो क्रमशःः अगस्ति ताराको अस्त र उदयको काल हुन्छ ।
मिथिलाञ्चलका प्रसिद्ध ज्योतिषी एवम् ग्रहलाघव टीकाकार युगेश्वर झा तथा चौधरी कपिलेश्वर शास्त्री पटनाका अनुसार दरभंगा क्षेत्रको पलभा ५।५४अनुरूप तत् क्षेत्रमा अगस्त्योदय ४।२५।१२ ।० मा र अगस्त्यि अस्त १।०।४८।०मा हुन्छ। त्यसै गरि ब्रह्मानन्द त्रिपाठीले गरेको अगस्त्योदय साधन अनुसार काशीमा १ राशी २ अंशको सूर्य हुदा अगस्त्यास्त हुन्छ भने ४ राशी २४ अंशको सूर्य हुँदा अगस्त्योदय हुन्छ, यसको अर्थ अगस्त्योदय भदौ २४ मा र अस्त जेठ २मा हुन्छ । ग्रहलाघव गणितको यस विधि अनुसार नेपालमा ६।१८ पलभा काठमाडौं र ६।४०पलभा डोटीको अगस्त्योदय र अस्त यस प्रकार हुन्छ :
६।४० पलभाका आधारमा
६।४०×८.५३।२०९४८।३२००
७८–५३ । २०.२४।४०
.०।२४।४०।० अस्त
९८ं५३।२०.१५१।२०
.५।१।२०।०उदय
काठमाडौं ६।१८ पलभाका आधारमा
६।१८×८.५०।२र्४४८।१४४
.५०।२४
७८–५०।२४.०।२७।३६।० अस्त
९८ं५०२४. १४८।२४
४।२८।२४।० उदय
यस प्रकार ग्रहलाघव गणितका अनुसार त सुदूरपश्चिममा आश्विन सङ्क्रान्तिमा हुने देखिन्छ । सुदूरपश्चिमको स्थानीय अगस्त्योदय र काठमाडौंको स्थानीय अगस्त्योदयका बिचमा ३ दिनको अन्तर देखा पर्दछ । कुनै अर्को गणितीय सूत्र अवलम्बन गरे पनि त्यसै दिन डोटी र काठमाडौंको अन्तर कति आउला र ? २ - ३ घण्टाको अन्तर त हो भनेर कुतर्क गर्ने हरूले हिसाब गरि हेर्नु पर्दैन त ?
खण्डखाद्यक गणित पनि त्यतिकै मान्यता प्राप्त गणित हो । विभिन्न त्यसका प्रयोक्ता ज्योतिषीहरूका अनुसार सुदूरपश्चिममा अगस्त्योदय ५।२३ अर्थात भाद्र २३ गतेपछि मात्रै हुन्छ ।
स्थानीय अवस्थितिको ख्याल नगर्ने हो भने जन्म लग्न, कुण्डलिमा ग्रहको स्थिति के होला ? स्थानीय चाडपर्वका तिथिमिति निर्धारण गर्दा पनि यदि स्थानीय गणित अनुसार हिसाब नगर्ने हो भने विवाद सिर्जना हुनु स्वभाविक हो । खासगरी गौरा पर्वका सन्दर्भमा पनि अगस्त्योदय साधन र दिन निर्धारणको मत भिन्नता आउनु अध्ययनको कमि हो। राष्ट्रिय एकरुपता भन्दै स्थापित सास्कृतिक मूल्यमान्यता र अन्य ज्योतिषीय मत पनि बिचारणीय हुन्छन।स्थानीयताको अन्तराष्ट्रियकरण भए पनि मूल स्थानकै अनुसरण हुने हो ।
त्यहाँ पौराणिक मत पनि उत्तिकै महत्वपूर्ण हुन्छन किनभने पञ्चाङ्गद्वारा निर्धारण हुने चाडपर्वका मूख्य आधार पौराणिक एवम् श्रुतिग्रन्थ नै हुन् । भविष्योत्तर पुराण उत्तर पर्वले दुर्बाष्टमी ब्रतकथा र विधान उल्लेख नगरेको भए त्यसको पञ्चाङ्ग विधानको पनि जरुरत हुन्थेन । तिथिमिति निर्धारणमा निर्णय सिन्धु, धर्मसिन्धु लगायतका धर्म ग्रन्थहरूले समेत गरेको निर्देश, लोकाचार, स्थानीय गणितगत आधार तथा बिगतमा स्थापित नजिर, समेतको आधारमा चाडपर्वहरूको निर्धारण गरिनु पर्दछ। पुराण मान्दैनौ भन्ने हो भने पौराणिक आधारका कुराहरू माथि गणितज्ञहरूले किन हात हाल्नु प¥यो अनि चाडपर्व परम्पराहरू आआफ्ना हुन्छन् भनेर किन भनि रहनु प¥यो । जो जसरी मान्थे उसरी नै मान्न दिनु पर्छ, उर्दि जारी गरिहनुको औचित्य हुँदैन, आफ्ना धर्म संस्कृतिको परिपालन,उपभोग र संरक्षण गनसंवैधानिक अधिकार हो । हो कसैले बिगार गर्दैछ भने त्यस्तो होइन, यसो ठिक हुन्छ भनिदिनु वौद्धिकवर्गको जिम्मेवारी पनि हो तर आफै बिरामी आफै धामीझाँक्री बन्ने द्वैध चरित्र चाहिँ अलोकतान्त्रिक हुन्छ ।
यो कसैलाई भ्रम छर्नका लागि होइन, अध्ययनको क्रममा प्राप्त तथ्यगत जानकारी हो । ज्ञान बाड्ने हो । अगस्त्योदय सम्बन्धित पौराणिक मतहरू आफ्नो ठाउँमा छन । पर्वहरू पुराण निर्दिष्ट नै हुन्छन् । तिनको तिथिमिति सन्दर्भमा लौकिक, पौराणिक तथा ज्योतिषीय आधारहरू छन् । ज्योतिष गणितीय पक्षलाई बढी विश्वसनीय मानिन्छ ।
यस सम्बन्धमा गणितीय विधि पनि विचार गरौ शाके १०७१मा बराहमिहिर सम्मत आचार्य शतानन्दले भास्वति नामक करण ग्रन्थ लेखे त्यसको महत्व र प्रयोगलाई भारतवर्षमा मात्र होइन अन्तराष्ट्रिय जगतमा समेत कसैले नकार्न सकेका छैनन्।वर्तमान नेपालमै पनि वि सं १३९० पुर्व देखि नै ज्योतिषीहरूले प्रयोगमा ल्याइसकेका थिए र अहिले पनि अध्ययनको बिषय बनाइएको छ । प्रसिद्ध ज्योतिषी एवम् टीकाकार आचार्य रामजन्म मिश्र तथा मातृप्रसाद पाण्डेय लगायतका थुप्रै विद्वत् जनले त्यसको टीका एवम् व्याख्या गरेका छन र थुप्रै विद्यालय ,विश्वविद्यालयहरूको औपचारिक कोर्सहरूमा समेत पढाइ हुन्छ । झण्डै १२० वर्ष यता भास्वति छापा पुस्तकका रूपमा पनि रहेको पाइन्छ ।
अगस्त्योदय काल निर्धारणका लागि भास्वति जुन सूर्यसिद्धान्तको महत्वपूर्ण गणित ग्रन्थका पनि हो । यसले स्षष्ट दिशा निर्देश गरेको छ ।
पलप्रभाद्वित्रिहता खखाङ्क युतास्फूटार्केण समो यदिस्यात ।
याम्येतदा स्यादुदयो निशान्ते मुनेरगस्त्यस्य सुरारिहन्तु ।
यसैलाई आधार मानेर ख्यातिप्राप्त ज्योतिषी आचार्य रामजन्म मिश्र र मातृका प्रसाद पाण्डेयले काशीको पलभा ५।४५का आधारमा स्थानीय अगस्त्योदय साधन गरेका छन् । पलभालाई ३२ ले गुणन गरी त्यसमा ९०० जोड्ने योगफललाई ८ ले गुणन गरि गुणनफलमा ६० ले भाग गर्ने, भागफल को अंशमा ३० ले भाग दिइ आएको राश्यादि अगस्त्योदयको समय हो ।
काशीको हिसाब गर्दा
५।४५×३२.१८४
१८४ं९००.१०८४
१०८४×८.८६७२
८६७२/६०.१४४।३२
१४४/३०.४
अगस्त्योदय राश्यादि .४।२४।३२अर्थात सिहार्क २४अंश ३२ घडी हुन्छ ।
यसै आधारमा डोटी अजयमेरु केन्द्र मानी सयौँ वर्षदेखि गणित गरिदै आएको पलभा ६।४० का आधारमा
अगस्त्योदय साधन गर्दा राश्यादि ४।२८।२६।४० हुन्छ ।
राष्ट्रिय स्टेण्डर्ड मानिएको पलभा ६।१८ का आधारमा गणना गर्दा अगस्त्योदय राश्यादि ४।२३।२३।४० हुन्छ ।
यसै सन्दर्भमा विचार गरौ सारणी सिद्धान्त अनुसार ६।१८ पलभाका आधारमा सिहार्क २० वा २१ मा भनिएको अगस्त्योदयलाई ६।४०। पलभाका आधारमा गणना गर्ने हो भने कति गते अगस्त्योदय होला ?
बराहमिहिरको कथन अनुसार संख्या विधानात प्रतिदेशमस्य विज्ञाय संन्दर्शन मादिशेज्ञ, ततोज्जयिन्यामगतस्य कन्यां भागै स्वराख्यै स्फूट भाष्करस्य भन्ने कथन समेत विचार गर्ने हो र देशाचारस्तावदादौ विचिन्त्यो देशे देशे या स्थिति सैवकार्या कथन समेत मध्यनजर गर्ने हो भने स्थानीय गणितगत अगस्त्योदयका आधारमा निर्णय गरिनु पर्दछ ।
चाडपर्व निर्धारणका लागी यस्ता गणितीय सिद्धान्तको पालना पनि नगर्ने हो, स्थानीय लोकाचार समेत लतार्ने हो भने सांस्कृतिक मूल्यमान्यता नै तहसनहस हुन्छन् । सबै कुरामा स्थानीयता मार्दै जाने हो भने सांस्कृतिक दासताको स्थिति हुन्छ । स्थानीय क्षेत्रीय चाडपर्वका तिथिमिति निर्धारण गर्न स्थानीय मूल्यमान्यता र गणितको आधार मानिनु पर्दछ ।
एकदिन मान्न्ने हो मानौँ भन्ने हो भन्ने कुतर्क र आफ्नो धरातल नछामि फलानोले भन्या हो भन्नेका लागि भने त्यस्ताका लागि यस्ता कुराको केही अर्थ पनि रहँदैन । यो मेरो अध्ययनले भेटाएको तथ्य हो । कसैले यो पनि भ्रम छर्ने कुरा हो भन्ने ठान्छन् भने यो गणितीय धारणा पनि गलत हो पनि भन्न सक्नु पर्दछ ।
.gif)