बुधबार, असोज २१ गते २०८३ || Oct 7, 2026
  • यो साता चर्चामा :

महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण


पश्चिम प्रेस
बिहीबार , असोज ३ २०८१
  • 670
    Shares

  • images
    images
    महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण

    महेन्द्रनगर । सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले सातौँ बार्षिकोत्सवका अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । समुदायसँगसँगै कदम अगाडि भन्ने मूल नाराका साथ सातौ बार्षिककोत्सवमा महिला तथा बृद्ध सेवाकेन्द्रमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडधनगढी शाखाप्रमुख योगेन्द्रविक्रम अधिकारीको विशेष उपस्थितिमा उक्त कार्यक्रम गरिएको छ । सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा यस्तै किसिमका सामुदायिक तथा सेवा कार्य गरेर वार्षिकोत्सव मनाउँदै आइरहेको महेन्द्रनगर स्थित सन नेपाल लाइफ ईन्स्योरेन्सका तर्फबाट विवेकानन्द पाण्डेयले बताउनुभयो । खाद्यान्न तथा लत्तावितरण कार्यक्रमसँगै असहाय तथा बृद्धहरुको सेवाका लागि निशुल्क रुपमा बिमा समेत गर्न सकिने भएकाले यसका लागि समेत पहल गर्न सकिने उहाँले बताउनुभयो । 


    प्रतिक्रिया दिनुहोस