बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

राज्यले चिन्न नसकेका साहित्य साधक आत्रेय


बुधबार, असोज २ २०८१
  • 1.5K
    Shares

  • images
    images
    राज्यले चिन्न नसकेका साहित्य साधक आत्रेय

    डोट्याली तथा नेपाली भाषा, साहित्य, इतिहास तथा संस्कृति श्रीवृद्धिका लागि लेखन तथा प्रकाशनका माध्यमबाट अनवरत रुपमा सक्रिय स्रष्टा सर्जकको नाम हो जगदीश ओझा । बैतडी जिल्लाको मेलौली नगरपालिका ९साबिक महारुद्र गा।वि।स। (८० को रातीखालीमा माता हिरादेवी ओझा र पिता हरिभक्त ओझाका पुत्ररत्नका रुपमा विक्रमको २०२८ सालमा जन्मिनु भएका ओझाले जगन्नाथ आत्रेयका नामबाट समेत थुप्रै लेखरचनाहरु प्रकाशित गरिसक्नु भएको छ । विक्रम संवत् २०४७ सालदेखि नै लेखन आरम्भ गर्नुभएका ओझाले कञ्चनपुरबाट प्रकाशित हुने उतिबेलाका चर्चित अखवारहरु वार्ता साप्ताहिक, जनवार्ता अर्धसाप्ताहिक, अभियान दैनिक, चुरे टाइम्स दैनिक लगायतका पत्रपत्रिकाहरुमा आफ्ना लेख रचना एवम् विचारहरु प्रकाशित गरिसक्नु भएका ओझाले कञ्चनपुरका आजभोलीका अनलाइन र छापाका  पत्रपत्रिकाहरु पश्चिम प्रेस दैनिक, सुदूरखबर दैनिक, सुदूर दर्पण दैनिक, पश्चिम नेपाल  दैनिक लगायतका दर्जनबढी पत्रपत्रिकाहरु मार्फत भाषा,साहित्य,कला, संस्कृति सम्बन्धि लेखरचना, वैचारिक लेख रचना तथा फुटकर रचनाहरु प्रकाशित गरिसक्नु भएकोछ । कञ्चनपुर बाहिर केन्द्र तथा अन्य ठाउँबाट प्रकाशित हुने पत्रपत्रिकाहरु गरिमा ९ साझा प्रकाशन ०, सयपत्री ९ नेपाल प्रज्ञा प्रतिष्ठान ०, जनमत ९ बनेपा०, गोरखापत्र, नवप्रज्ञापन लगायतमा पत्रिकाहरुमा खोज तथा अनुसन्धानमूलक सामग्रीहरु प्रकाशित गरिसक्नु भएको छ । सुदूरपश्चिम तथा कञ्चनपुरबाट प्रकाशित हुने आफन्त मासिक, रामराज्य, अविरल साहित्यिक मासिक, अरुणोदय, गुगुल्डि, ह्याँक, संगम, शिक्षक रैबार, श्रीत्रिवेणी, नवज्योति , आजको नेपाल, सत्कार तथा विभित्र संघसंस्थाका बार्षिक मुखपत्रहरु लगायतका लगभग सबैजसो पत्रपत्रिकाहरुमा उहाँका महत्त्वपूर्ण लेखहरुमाथि विचरण गर्न पाइन्छ । 

    चुरे टाइम्स दैनिक, अविरल मासिक, रामराज्य द्वैमासिक, आफन्त मासिक, संगम, शिक्षक रैबार, श्रीत्रिवेणी, भीमदत्त स्मारिका, अरुणोदय, ह्याँक, गुगुल्डि लगायतका पत्रपत्रिकाहरुको सम्पादन गरिसक्नु भएका ओझाबाट नयाँ पुस्ताले थुप्रै असल कुराहरु ग्रहण गर्न सक्दछ । विभिन्न साहित्यिक गोष्ठीहरुमा विविध बिषयबस्तुहरुसँग सम्बन्धित कार्यपत्रहरु समेत प्रस्तुत गरिसक्नु भएका ओझा सधैं युवापुस्तालाई साहित्य लेखन र प्रकाशनमा लागिरहन प्रेरणा प्रदान गरिरहनु हुन्छ ।  सरल एवम् सालिनताका धनी ओझाले त्रिवेणी जनचेतना समाज, प्रेस चौतारी, नेपाल वुद्धिजीवी परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, महाकाली साहित्य संगम, प्रगतिशील लेखक सङ्घ, नेपाल, गुगुल्डि वाङमय प्रतिष्ठान लगायतका संघसंस्थाहरुमा संलग्न रही कार्य सम्पादन गरिसक्नु भएको छ ।

    स्थापनाकालदेखि नै महाकाली साहित्य संगमसँग जोडिएका ओझा संगगका केन्द्रीय समिति सचिव रहिसक्नु भएको छ । उहाँ संगममा लामोसमयसम्म पदाधिकारी तथा सदस्य रही संगम सम्पादन गरेर, विभिन्न साहित्यिक गोष्ठी संचालन गरेर तथा कञ्चनपुरमा साहित्यिक माहोल बनाउन महत्त्वपूर्ण सहयोग मार्फत साहित्यसेवा गरिसक्नु भएको छ । संगमको आजीवन सदस्य समेत रहेका ओझाको सहयात्रा ९ संयुक्त कविता संग्रह० प्रकाशित भईसकेको छ भने थुप्रै कृतिहरु प्रकाशोन्मुख रहेका छन् । कृति समीक्षा, समालोचना र वैचारिक लेखनमा प्रखर कलम चलाउनु हुने ओझा साहित्यकार मात्र नभएर कुशल समिक्षक तथा समालोचक समेत हुनुहुन्छ । हाल प्रगतिशील लेखक सङ्घ, नेपालका राष्ट्रिय परिषद् सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष समेत रहेका ओझा गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव हुनुहुन्छ । गुगुल्डिसँग आवद्ध भएर गुगुल्डि साहित्यिक मासिक पत्रिकाको सम्पादक रहेका ओझाको नेतृत्व र सल्लाहमा गुगुल्डि मासिक पत्रिका मार्फत थुप्रै स्रष्टाहरुले विशेषांक प्रकाशन मार्फत साहित्य जगतमा परिचित हुने अवसर प्राप्त गरिसकेका छन् । गुगुल्डि वाङमय प्रतिष्ठानबाट जिल्ला स्तरीय प्रतियोगिता, गोष्ठी तथा साहित्यिक कार्यक्रम र प्रशिक्षण संचालन तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न गराउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहनु भएका ओझा अरुलाई चिनाउन र हौसला बढाउन केही न केही कोरिरहनु हुन्छ । हाल सत्यवादी माध्यमिक विद्यालय वनगाउँ कञ्चनपुरमा कार्यरत ओझा एक अनुभवी तथा असल शिक्षक भएको कुरा उहाँका सहकर्मी र सो विद्यालयका अभिभावकहरुबाट थाहा पाउन सकिन्छ । 

    सधैं अरुका बारेमा लेखिरहने उहाँको बारेमा हामीले नलेखेर कसले लेख्ने रु सधैं अरुका लागि बोलिरहने स्रष्टा ओझाको बारेमा हामीले नबोलेर कसले बोल्ने ? 

    सधैं अरुलाई नै झकझक्याई रहने ओझाबाट झनबढी कोसेलीहरु प्राप्त गर्न हामीले उहाँलाई नझक्याए कसले झक्झक्याउने । हाम्रै घरआँगनको हिरालाई हामीले चिन्न सक्नुपर्दछ, चिन्नै पर्दछ र चिनाउनु पर्दछ ।  उहाँका बारेमा जति लेखे पनि थोरै हुन्छ । भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा पुर्‍याउनु भएको उहाँको योगदान अतुलनीय छ । राज्यले चिन्न नसकेका स्रष्टाहरु मध्ये एक स्रष्टा ओझा पनि हुन् । विकृति र विसंगतिका विरुद्ध कलम चलाउँदै समाजिक एकता, समानता र रुपान्तरणका लागि कलम चलाउने ओझालाई पुरस्कार थाप्न चाकरी चाप्लुसी गर्न नजान्ने भएर नै  राज्यले नचिनेको हो जस्तो लाग्छ । ओझा सुदूरपश्चिम क्षेत्रका साहित्य जगतका अनमोल रत्न हुन । राज्यले नचिने पनि जनस्तरका थुप्रै संघसंस्थाहरुबाट उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ । महाकाली साहित्य संगम कञ्चनपुर, गुगुल्डि वाङमय प्रतिष्ठान कञ्चनपुर,  राष्ट्रियता संरक्षण अभियान बैतडी, पश्चिम प्रेस, ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुर, असहाय महिला तथा संस्कृति जगेर्ना केन्द्र कञ्चनपुर, भारत(नेपाल साहित्य सम्मेलन पिथौरागढ, चर्मण्वती साहित्य सम्मेलन बैतडी, दोगडाकेदार साहित्य सम्मेलन बैतडी, नेपाल ( भारत साहित्य सम्मेलन कञ्चनपुर लगायत देश(विदेशका संघसंस्थाबाट सम्मानित ओझा प्रगतिशील लेखक सङ्घ कञ्चनपुरबाट स्थापित प्रगतिशील प्रतिभा पुरस्कारबाट समेत सम्मानित भईसक्नु भएको छ । ओझाका बारेमा लेख्दै गर्दा कसैलाई यो अनौठो लाग्न सक्छ । तर मैले विना पूर्वाग्रह जे देखे, जे पाए त्यो लेखेको हुँ । मानवमा केही कमिजोरी हुनु मानवीय गुण हो । उहाँमा पनि केही कमिकमजोरीहरु हुनसक्छन् । तर उहाँको योगदान केलाउँदै गए उहाँमा भएका कमिकमजोरी आफै हराउँदै जान्छन्। आवश्यकता अनुसार विचार पुर्याएर मात्र बोल्नुहुने ओझामा सबल पक्ष धेरै देखिन्छन् । अग्रजहरुसँगको प्रशस्त अनुभव सँगालेका ओझासँग कञ्चनपुरको साहित्यलाई संगठित पार्दै गर्दाका र पत्रपत्रिका प्रकाशन गर्दै गर्दाका संघर्षमय अनुभव समेत रहेका हुनाले उहाँबाट धेरै कुराहरु ग्रहण गर्न सकिन्छ । शान्त, सुशील  तथा सहयोगी भावना भएका ओझा ज्योतिषशास्त्रमा समेत पारङ्गत हुनुहुन्छ ।  यसरी बहुमुखी प्रतिभाका धनी ओझाबाट ू नजिकको तीर्थ हेला नगरी ू समाजले धेरै कुरा ग्रहण गर्नुपर्ने देखिन्छ । यस आलेखमा सधैं अरुका लागि लेखिरहने ओझाका बारेमा दुई शब्द कोर्ने दुस्प्रयास गरेको छु उहाँमा हृदयदेखि नै सम्मान व्यक्त गर्दछु ।




    प्रतिक्रिया दिनुहोस