बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

गोःरा पर्वको अवसरमा ग्वाल्लेक नागार्जुन समाजले आयोजना गरेको डेउडा कार्यक्रम सम्पन्न


पश्चिम प्रेस
शनिबार, भदौ १५ २०८१
  • 879
    Shares

  • images
    images
    गोःरा पर्वको अवसरमा ग्वाल्लेक नागार्जुन समाजले आयोजना गरेको डेउडा कार्यक्रम सम्पन्न

    महेन्द्रनगर । ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुरले गौरा पर्व २०८१ का अवसरमा  भाद्र ११ देखि सञ्चालन गरेको डेउडा कार्यक्रम आज समापन भएको छ ।  शिवधाममा आयोजित डेउडा कार्यक्रममा सुदूरपश्चिमका विभिन्न डेउडियाहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा महिला र पुरुषका छुट्टाछुट्टै तथा संयुक्त खेलहरु प्रस्तुत गरिएको थियो ।  कार्यक्रम समापनका अवसरमा विभिन्न डेउडिया तथा संस्कृतिकर्मीहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको छ । 

    समाजका अध्यक्ष परमानन्द जोशीको सभापतित्व तथा जिल्ला समुन्वय समिति प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ककालु मार्ट महेन्द्रनगरका सञ्चालक जितेन्द्र चन्दद्वारा स्थापना गरिएको ककालु उत्कृष्ट डेउडिया सम्मान २०८१ दोधरा चादनी ५ कञ्चनपुरका गोबिन्ददत्त  पन्तलाई प्रदान गरिएको छ । उक्त पुरस्कार साहित्यकार जगदीश ओझाद्वारा प्रदान गरिएको थियो । 

     त्यसैगरी डेउडियाहरु मञ्जु गिरी, रामदत्त जोशी ‘बर्ताेला’, गम्भीर चन्दलगायत अन्य थुप्रै डेउडियाहरु सम्मानित भएका छन् । ठाडो खेलका गिदारा विश्राम भट्टलाई पनि सम्मान गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस