शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा निर्वाचनमा तालमेल गर्ने सत्ता साझेदार दलको निर्णय


पश्चिम प्रेस
सोमबार, चैत २१ २०७८
  • 896
    Shares

  • images
    images
    कञ्चनपुरमा  निर्वाचनमा तालमेल गर्ने सत्ता साझेदार दलको निर्णय

    महेन्द्रनगर । सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । 

     नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आजव बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् । “तालमेलबारे सामान्य छलफल भएको छ”, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पु¥याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।” राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । “यसको आङ्कलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ”, बैठकमा सहभागी नेताहरुले भन्नुभयो । 

    आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा आज बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस