महेन्द्रनगर । आगामी बैशाख ३० मा हुने स्थानीयतह निर्वाचनमा कञ्चनपुरमा पनि गठबन्धन हुने प्रायः निश्चित जस्तै छ । यसका लागि दुई दिन अघि सत्तारूढ दलका नेताहरुको बैठकले कञ्चनपुरमा पनि निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । यद्धपि कांगे्रस भीमदत्त नगर कमीटीले मङ्गलबार एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
सत्तारुढ दलहरुको बैठक आज (बुधबार) माओवादी केन्द्रको पार्टी कार्यालयमा बसिरहेको छ । गठबन्धनबारे निर्णय लिन आज दोस्रो चरणको छलफल भइरहेको कांग्रेसका एक नेताले बताए । उनका अनुसार कञ्चनपुरका नौ वटा स्थानीयतह मध्ये कांग्रेसले ५ वटा पालिकामा नेतृत्व दाबी गरेको छ । माओवादी र समाजवादीले भीमदत्तको उप–मेयरमा दाबी गरेका छन ।
.gif)