मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर कारागारमा दोब्बर कैदी ,सम्हाल्नै मुस्किल


पश्चिम प्रेस
बिहीबार , चैत २४ २०७८
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुर कारागारमा दोब्बर कैदी ,सम्हाल्नै मुस्किल

    महेन्द्रनगर ।  कुनै पनि निकायले सहयोग नगर्दा कञ्चनपुर कारागारमाकैदी व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । दोब्बर कैदिबन्दी राखिएको कारागार भवन एकातिर जिर्ण हुँदै गएको छ भने कैदी नअटाउदा झनै समस्या झेल्नु परेको कारागारकी जेलर माया कुमारी बस्नेतले बताइन् ।  
    कारागारको भवन निर्माणका लागी भीमदत्त नगरपालिका, प्रदेश सरकार र प्रशासनलाई पटक–पटक गुहार गरिएपनी कुनै सुनुवाई नभएको उनले बताइन् ।  विसं २०३२ मा स्थापना भएको कारागार २ सय ९७ जना अटाउने क्षमताको छ । तर अहिले झण्डै दोब्बर ४ सय ४० जना कैदी कारागारमा राखिएका छन् । जसमा १७ महिला रहेका छन् । महिला कैदीको व्यवस्थापनमा त त्यती समस्या भएको छैन,–‘उनले भनिन्–पुरुष कैदीलाई स्थान नहुँदा पाल मुनी राख्नु पर्ने अवस्था छ ।’ 

    अहिले मौसमले साथ दिएको तर वर्खायाममा भने कैदी व्यवस्थापनमा कठिनाई हुने गरेको उनले बताइन् । ‘कैदीहरुलाई ग्यालरी, पालमुनी राखेर व्यवस्थापन गरेका छौँ’–उनले भनिन् । कारागार भवनको पुर्वपट्टि नयाँ छानो बनाउने कार्य भइरहेको उनले जनाईन् । कारागारका कैदीहरुले राती सुत्न पालो कुर्र्नुपर्ने गुनासो गरेका छन् । कारागारका नाइके टेकराज जोशीले सौचालय जानलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको बताए । विहान ११ बजेसम्म सौचालयका लागी पालो कुरीरहेका हुन्छन्’,–उनले भने,–‘राती ग्यालरीमा सुत्न समेत पालो कुर्र्नु पर्छ ।’ 

     


    प्रतिक्रिया दिनुहोस