शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा निर्वाचनलाई आवश्यक कर्मचारीको विवरण सङ्कलन गरिदै


पश्चिम प्रेस
सोमबार, वैशाख ५ २०७९
  • 646
    Shares

  • images
    images
    कञ्चनपुरमा निर्वाचनलाई  आवश्यक कर्मचारीको विवरण सङ्कलन गरिदै

    महेन्द्रनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक कर्मचारीको विवरण सङ्कलनका साथै छलफलमा जुटेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । “निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिका लागि छलफल भइरहेको छ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले भन्नुभयो, “निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई तालिम÷प्रशिक्षण दिइसकेका छौँ ।” त्यसैगरी आगामी बिहीबारभित्र यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

     “निर्वाचन अधिकृतको कार्यालय नौ वटै पालिकामा रहन्छ”, प्रमुख जोशीले भन्नुभयो, “निर्वाचनसम्बन्धी सबैखाले तयारीमा हामी जुटेका छौँ ।” दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदानस्थल तोकिएको छ । यहाँ निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन सुरक्षा लक्षित योजना ल्याउन आन्तरिक गृहकार्य थालिसकेका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई÷दुई पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र विजयी भएका थिए । रासस


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस