मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दक्ष जनशक्ति उत्पादनको योजना बनाउन छोडेर युवाहरुलाई विदेश पठाउने शिक्षा दिइयो


पश्चिम प्रेस
मंगलबार, वैशाख ६ २०७९
  • 2.3K
    Shares

  • images
    images
    दक्ष जनशक्ति उत्पादनको योजना बनाउन छोडेर  युवाहरुलाई विदेश पठाउने शिक्षा दिइयो

    जवाफदेहिदा, पारदर्शिता, पुरुस्कार र दण्डको 
    व्यवस्था हुनुपर्नेमा त्यो पाइएन 
    कृष्ण बोगटी  
    भी.न.पा. ४
     मुलुकमा अहिले दण्डहीनता मौलाएको छ । उपयुक्त व्यक्ति उचित स्थानमा पुग्न सकेको छैन । उपयुक्त व्यक्तिलाई तल गिराउने चलखेल गरेको भेटिन्छ । उपयुक्त व्यक्ति उपयुक्त स्थानमा जान नमान्दा समेत मुलुक अधोगतिको मार्गमा लम्किदै गएको हो । अझै भन्ने हो भने मुलुक पुँजीपति वर्ग जनताको पसिनाको शोषण गर्ने घृर्णित मानसिकताको चंगुलमा फसेको छ । 
     लोकतन्त्रमा सबैको अधिकार सुनिश्चित हुनुपर्नेमा जनप्रतिनिधीका आसेपासे गलत क्रियाकलापमा सामेल देखिए । उनीहरुको नै हैकमवाजी चल्यो । जे गर्दा पनि हुने, कानून उनीहरुका अगाडि घुँडा टेक्न बाध्य भएको छ, न्याय हराएको छ । गरीब जनता अन्यायको भुमरीमा फस्दै गएका छन् । गरीबका लागि कानून पनि खरो र पावर पहँुचका लागि कानून निरीह भएको छ । अझै पनि गलत परिपाटीको सुधार गरिएन भने मुलुक अधोगतितिर उन्मुख हुने निश्चित भएको छ ।  

     छोरीचेलिबेटी सुरक्षित रहन सकेनन । धर्म संस्कृतिको विनाश हँुदै गएको छ । दक्ष जनशक्ति निर्माणका लागि योजना अगाडि बढाइनु पर्नेमा युवाहरुलाई विदेश पठाउने शिक्षा दिइयो । स्वदेशमै रोजगारीका अवसर पनि त सिर्जना गर्न सकिन्थ्यो तर जापान जान सुलभमा शैक्षिक योजना अगाडि सारिए । यसले के अथ्र्याउँछ भने जनप्रतिनिधीहरु आफू त समाज र राष्टूप्रति बफादार थिएनन् तर युवाहरुलाई समेत समाज निर्माणको साटो कसरी विदेश पठाउने भन्ने कुक्रिया तलिन्न भए ।  अहिले जित्नकै लागि गठबन्धन गरेको देखिन्छ । जुन नित्तान्त गलत छ । पार्टीमा लागेकाहरु स्वचरित्रवान हुन्थे भने मुलुकले यो दुर्दशा सहनु पर्ने थिएन । लोकतन्त्रको रक्षा गर्नु , आम नागरिकले राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरु पाउनुपर्ने हो तर त्यो भने केवल नेताहरुकै केही आसेपासेमै ठिक्क भएको देखिन्छ । उहिले एक राजा थिए  तर जनताले आवश्यकता अनुसार केही मात्रामा भएपनि अवसर पाएको देखिन्थो । प्रजातन्त्र आएपछि आमनागरिकको बोल्न पाउने, अधिकारको सुनिश्चितता गरिनुपर्ने हो तर त्यसमा पनि कुण्ठा लगाइएको देखिन्छ । आम नागरिकको बोलीको कदर नै छैन ।

     जवाफदेहिदा, पारदर्शिता, पुरुस्कार र दण्डको व्यवस्था हुनुपर्नेमा त्यो पाइएन । जसले दण्डहीनता मौलाउँदै गएको छ । वरियताक्रम अनुसार निर्वाचनमा योग्य व्यक्तिलाई टिकट दिइनुपर्ने हो तर त्यस्तो अवस्था पनि देखिदैन । स्वभाव तह व्यवस्थालाई सञ्चालन गर्ने, शासन गर्ने सत्तावालाको प्रवृत्ति  माथि विचार गरिनुपर्ने हो तर अहिले चर्चाको विषय भने त्यसको उल्टो राजनीतिक दलहरुसँगको भागबण्डामा नेताहरु केन्द्रीत भएका देखिन्छन् ।  पाँचवर्षे परिणामलाई केलाउने हो भने अबका दिनमा समेत केही परिर्वतन होला जस्तो लाग्दैन ।   स्थानीयतहमा विदेशी अनुदानबाट आएको रकमबाट केही विकासका कार्य त अगाडि बढाइएका भेटिए तर सुस्त गतिमा काम भएका छन । एकातिर नियमनकारी निकाय समेत पैसा चलखेलमा रहदा उनीहरुलाई झनै गलत कृत गर्न अवसर मिलेको देखिन्छ । राष्टिूय योेजना आयोगले समेत कुनै निगरानी गरेको देखिदैन । 
     समग्र विकास र युवाहरुलाई उचित ठाउँमा परिचालन गर्न सक्ने खुबी र क्षमता भएको व्यक्तिलाई आगामि निर्वाचनमा जिताउन सबै केन्द्रीत हुनु जरुरी छ । 

    विगतमा पार्टीका आधारमा भोट दिइए पनि अब भने राम्रो व्यक्तिलाई मात्रै भोट दिनुपर्छ 
    धनीदत्त कलौनी
    भी.न.पा. १७

    कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मा विकासका नाममा सडक ग्रावेल र केही मात्रामा कालोपत्रे गरिएको देखिएको छ । पहिलो पटक भोट भाग्न आउँदाखेरी जनप्रतिनिधीहरु जुन तामझामका साथ प्रस्तुत भएका देखिन्थे निर्वाचित भएपछि भने एकपटक पनि समस्या बुझ्न समेत आएनन् । लाग्छ निर्वाचित मेयर, उपमेयर , वडाअध्यक्ष सबै केवल भोट पाउनकै निम्ति खेतबारीमा पुगेका रहेछन ।  
     रोजगारीको सुनिश्चितता, सुलभ स्वास्थ्य उपचार, व्यवशायीका लागि अनुदान, किसानलाई अनुदान, उद्योगधन्दाहरुको विकास, समयसापेक्ष शैक्षिक क्षेत्रको विकास गर्ने सवालमा जनप्रतिनिधी चुकेका छन । उनीहरु त केवल विकासको  बहाना र बजेट कुम्याउने चलखेलमै व्यस्त देखिए । पाँच वर्ष पहिलेका आश्वासन सम्झिने हो भने केवल निराशामा परिणत हुनुको विकल्प छैन । पाँच वर्षपहिले छाडा पशुचौपायाको समस्या   खासै थिएन  तर जनप्रतिनिधी निर्वाचित भएर आएदेखि समस्या झन् बढेर आए । समाधानका लागि देखावटी पहल मात्रै चालिएका भेटिए  । खेतीपातीको सिजनमा रातमा सुत्नै पाइदैन । दिनमा सडकमा चौपायाको बास हुने गरेको छ भने राती बालीनालिमा चौपाया पस्ने गरेका छन । 

     त्यसको समाधानका लागि जनप्रतिनिधीलाई पटक पटक आग्रह गरिएपनि कुनै चासो नै दिएको पाइएन । दुईवटा खोर त निर्माण गरिएका छन तर ती खोर निर्माण गरेर मात्रै समाधान निस्किएन् । नगरपालिकाले दिगो लक्ष्य लिएर छाडाचौपाया व्यवस्थापन गरी आम्दानी बढाउन सक्थ्यो । छाडा पशुचौपायाको नस्ल सुधार, मलको सदुपयोग गरिन्थ्यो भने भारतबाट मल ल्याउनुपर्ने बाध्यता रहने थिएन तर जनप्रतिनिधी किसानका समस्याप्रति संवेदनशील भएका देखिएनन । उनीहरु त केवल आर्थिक अनियमितता भ्रष्टाचार गर्नमै व्यस्त देखिए । पाँचवर्षे कार्यकालमा जनप्रतिनिधीले गरेको देखिएको भनेको सडक ग्राभेल मात्रै हो । त्यो पनि आफ्नै घर नजिकका सडक कालोपत्रे गरिएका पाइए । केही सडक ग्रावेल त गरिएका छन तर निर्माण भने पूर्ण रुपमा गरिएका छैनन् । अबको स्थानीय तहको निर्वाचनमा उक्त सडकलाई निर्माण पूरा गर्ने भन्ने आश्वास दिन थालेका छन उम्मेदवारहरु । 
     अझै पनि आश्वासन त वडालाई स्विटजरल्याण्ड नै बनाइदिने खालले गफ दिन थालेका छन तर अब भने सबैले सचेत हुनु जरुरी देखिन्छ । 
     विगतमा पार्टीका आधारमा भोट दिइए पनि अब भने राम्रो व्यक्तिलाई मात्रै भोट दिनुपर्छ । पार्टीका आधारमा दिइने भोटले पार्टी बलिया त हुने तर जनता भने झनझन दलदलमा फस्दै जाने अवस्था सिजना भएको छ । उपयुक्त व्यक्ति उम्मेदवार भएर आएमात्रै भोट दिने सोच बनाएको छु ।  


    प्रतिक्रिया दिनुहोस