नेपालको संविधान, २०७२ ले परिकल्पना गरेअनुसार नेपालमा लामो समयपछि संघीयता कार्यान्वयनमा आई तीन तहका सरकार सञ्चालनमा छन । संघ, प्रदेश र स्थानीय तहका आफ्नै क्षेत्राधिकार तथा कार्य जिम्मेवारी तोकिएका छन । सोहीअनुसार स्थानीय सरकारको पहिलो पाँच वर्षे कायकाल सकिदैछ । स्थानीय सरकारको दोस्रो कार्यकालको लागि आज पनि उमेदवारी दर्ता जारी छ । पहिलो पाँच वर्षे कार्यकालमा जनप्रतिनिधिहरुबाट आमजनता सन्तुष्ट हुन भने सकेनन् । हामी दोस्रो ५ वर्षे कार्यकालका लागि जनप्रतिनिधि चुन्न संघारमा छौ । आगामी स्थानीय सरकारको नेतृत्व कस्तो आउनुपर्र्ला भनेर पश्चिम प्रेसका संवाददाता भुवन भट्टले स्थानीयसँग गरेको कुराकानीको सार :
नारायण दत्त भट्ट
भीमदत्तनगरपालिका– १८
भोट उसैलाई जसले जनताको पिडा बुझेको छ । ५ वर्ष सम्म जनप्रतिनिधीहरुले विकास गरेको अनुभुती समेत हुन पाएको छैन् । अझै उहि ढर्रामा जाने हो भने चुनाव किन चाहियो ? ५ वर्षमा गरिएको विकास भनेका हावासँगै उडेर गएका देखिए । सडक बनाइए भत्किए, मंदिरमा टिन लगाइए टुटेर सिद्धिए । जनप्रतिनिधीहरुले दिर्घकालीन विकास भन्दा पनी विकास गरेको जस्तो देखाउने गरी काम गरेका छन् ।
ती क्षणिकका लागि देखावटी कामले जनताको अभिमतको अपमान भएको छ । बृद्धभत्ता दिइयो त जातजाती तोकेर । पुँजीपती वर्ग नै सरकारमा रहदा आमनागरिकले भने झन पिडा सहनु परेको छ । कर अत्याधिक तोकिएको छ । नगरपालिका भनेर गरिव नागरिकलाई करको डोका बोकाइयो । अबको निर्वाचन गरिव, निम्नवर्गलाई उकास्ने क्षमता भएका योग्य उम्मेदवारलाई भोट दिइने छ ।
भागरथी भट्ट
बैतडी पाटन –नम्बर ४
महिलाहरुलाई प्रमुख पदमा रहने व्यवस्था सहित अबको नेतृत्वमा महिला समेटिनु पर्छ । युवाहरुलाई अवशर दिइए युवाहरुले सबै कार्य गर्न सक्षम हुने विस्वास छ । विगतमा महिला नेतृत्व पछाडी परेको अभ्यास पनी रहेको छ । अबको निर्वाचनमा भने महिलाबाट प्रमुख नेतृत्व रहनु आवश्यक देखिन्छ ।
जनताको आवस्यकता बुझने तर अवसर नपाएका व्यक्तिलाई आगामी निर्वाचनमा निर्वाचीत गराइनु पर्छ । युवाहरुलाई रोजगार दिनसक्ने , गाउँठाउको विकास गर्न सक्ने नेतृत्वको खोजी गरिरहेका छौँ । युवाहरुको आवस्यकता अनुसार विकास गर्न सक्ने नेतृत्वको आगामी निर्वाचनमा जरुरी छ ।
विकासका पुर्वाधारहरुलाई जोड दिने खालका नेतृत्वलाई भोट दिने तयारी गरेकी छु । विदेश जानुपर्ने बाध्यताको अन्त्य गरी स्वरोजगारको प्रार्थमिकता गर्न सक्ने नेतृत्वले पालिका हाक्नु जरुरी छ । स्वोरजगारमुलक कार्यक्रम मार्फत युवाहरुलाई स्वेदशमै रोजगारीका लागी प्रेरीत गर्ने नेतृत्वको खोजी गरिरहेका छौँ ।
माधव भट्ट
सुक्लाफाँटा नगरपालिका ८
५ वर्ष पहिले चुनाव जित्न तामझामका साथ घरमै पुगी अनेक आश्वासन दिएका जनप्रतिनिधी अहिले फेरी पुरानै एजेन्डा लिएर आउदा लज्जा समेत महसुस गर्देनन् । चुनाव आफ्ना आसेपासे, निकटका लागी मात्रै जितेको उनिहरुको ५ वर्षे कार्यकालले प्रष्टाएको छ । खै त बाटोघाटो बनाएको, युवाहरुलाई रोजगारी सृजना खै गरेको, निम्नवर्गका लागी रोजगारमुलक कार्यक्रम खै ल्याएको ? हामी विकास चाहाने नेतृत्वको खोजिमा छौँ ।
नाकी सिमीत व्यक्तिमा जनप्रतिनीधी सिमीत होउन । जनप्रतिनिधी सबै जनताको अगुवा हो । गाउँठाउको विकासमा टेवा पुर्याउने खालका व्यक्तिलाई अबको निर्वाचनमा स्थान दिनुपर्छ । पार्टी भन्दा पनी योग्य , दक्ष व्यक्तिलाई निर्वाचीत गराइनु पर्छ ।
राधा भट्ट
डडेल्धुरा
पैदल घण्टौ हिनेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । खानेपानीको समस्या समाधान भएको पाइएको छ । तर पहाडी क्षेत्रमा बाटोको समस्या अझै समाधान हुन सकेको छैन् । युवाहरु बेरोजगार छन् । शिक्षीत युवाहरु समेत बाह्य मुलुक जानुपर्ने बाध्यता छ । न त रोजगारी नै मिल्यो, न त आश्वासन नै पुरा भए । ५ वर्ष पहिले निर्वाचित जनप्रतिनीधीहरुले विकास त गरेका छौ भन्ने गरेका छन् , तर खै त पहाडी क्षेत्रमा त केही पनी विकास गरेको देखिएन् । म लाई लाग्छ जनप्रतिनिधी भनेका अभिभावक हुन तर विकास र गाउँठाउको सवालमा जनप्रतिनिधीले चासो दिएको भेटिएन् । अबको निर्वाचनमा वेरोजगार युवाहरुलाई रोजगारी दिलाउने योजना ल्याउने उम्मेदवारलाई मात्रै भोट दिने तयारी गरेकी छु ।
भोट माग्नकै लागी अनेक आश्वासन दिने तर निर्वाचित भएपछि फर्किएर समेत नहेर्ने प्रवृतीकालाई अव भने विचार गरेर मात्रै भोट हालिने छ । प्रजातन्त्र आएपछि जनताका थुप्रै आसा(भरौसा छन् । जनप्रनितीधीहरुले आसामाथी कुठाराघात गर्नु हुदैन् ।
सन्तोष साउँद
भीमदत्तनगरपालिका –३
हामी अध्ययन गरिरहेका युवाहरुको एकमात्रै आसा रोजगारी हो । तर जनप्रतिनिधीहरुले भने रोजगारीका अवसर नै सृजना गर्न सकेका छैनन् । शैक्षीक उपलब्धीहासिलमा जनप्रतिनिधीहरुले नविनतम योजना अगाडी सारेको पाइएन् । अध्ययन गरिरहेकाको सवालमा समेत शैक्षीक कार्यक्रममा नविनता ल्याउन कार्य गर्न सक्थ्ये । हामी अन्र्तराष्टिूय स्तरको शिक्षा हासिल गर्छौ भनि कलेजले नयाँ आसा देखाइरहेको पाइन्छ । तर यस क्षेत्रको अध्ययन बिनै अन्तराष्टिूय शैक्षीक पद्धतीले के शिक्षीत युवाहरुलाई स्वदेशमै स्वदेशको विकास गर्ने खालको रोजगारीमा टेवा पुग्ला ?
जनप्रतिनिधीहरुले शैक्षीक क्षेत्रको फड्को मार्नका लागी नयाँ योजना ल्याउन सक्नुपथ्र्याे । तर त्यो पाइएन् । हामी योग्य र स्थानियस्तरको विकास गर्न सक्ने नेतृत्वको खोजी गरिरहेका छौँ । अबको निर्वाचनमा भने युवाहरुलाई रोजगारीका अवसर दिलाउन सक्ने नेत्तृवको खोजी गरिरहेका छौँ । युवा बेरोजगारी घटाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट खसाल्ने तयारी गरेको छु ।
.gif)