महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले ९ वटै स्थानीय तहका मेयर उपमेयरको उमेदवार टुंगो लगाएको छ ।
कांग्रेसका स्रोतका अनुसार भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ । दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उमेदवार बनाएको छ ।
त्यसैगरी पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना बेलौरी नगरपालिकाको मेयरमा हरेन्द्र विष्ट (होसियार) र उपमेयरमा खिना भण्डारी ,शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ । लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ती नाथलाई उमेदवार बनाएको छ । “प्रमुख उपप्रमुखको टुंगो लागिसक्यो वडा अध्यक्षको उमेदवार कसलाई बनाउने विषयमा छलफलल भइरहेको छ ।” कांग्रेसका एक नेताले भने–“उमेदवार टुंगो लगाएर साझ ४÷५ बजेतिर उमेदवारी दर्ता गर्ने तयारी छ ।”
.gif)