शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा समाजवादीले टुंगो लगायो उमेदवार


पश्चिम प्रेस
सोमबार, वैशाख १२ २०७९
  • 663
    Shares

  • images
    images
    कञ्चनपुरमा समाजवादीले टुंगो लगायो उमेदवार

    महेन्द्रनगर । कञ्चनपुरमा नेकपा (एकीकृत समाजवादी) ले तीन पालिकाको नेतृत्व टुंग्याएको छ । भीमदत्त नगरपालिकाको मेयरमा राजेन्द्र पाण्डेय,बेदकोटको मेयरमा रामचन्द्र रेग्मी पुनर्वास नगरपालिकामा समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका जीवन थापाले पुनः मेयरमा उम्मेदवारी दिने भएका छन । दोधारा चाँदनीमा यम बहादुर थापालाई उमेदवार बनाएको छ । कञ्चनपुरका ९ मध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले र ४ को नेतृत्व एकीकृत समाजवादीले पाएको छ । माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ । 

     


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस