शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :
स्थानीयतह निर्वाचन

स्वदेशमै रोजगारीका अवसर दिलाउन सक्ने नेतृत्वको खोजि गरिरहेका छौँ


पश्चिम प्रेस
आइतबार, वैशाख १८ २०७९
  • 1.4K
    Shares

  • images
    images
    स्वदेशमै  रोजगारीका अवसर दिलाउन  सक्ने नेतृत्वको खोजि गरिरहेका छौँ

    नेपालको संविधान, २०७२ ले परिकल्पना गरेअनुसार नेपालमा लामो समयपछि संघीयता कार्यान्वयनमा आई तीन तहका सरकार सञ्चालनमा छन । संघ, प्रदेश र स्थानीय तहका आफ्नै क्षेत्राधिकार तथा कार्य जिम्मेवारी तोकिएका छन । सोहीअनुसार स्थानीय सरकारको पहिलो पाँच वर्षे कायकाल सकिदैछ । स्थानीय सरकारको दोस्रो कार्यकालको लागि निर्वाचन हुदैछ । पहिलो पाँच वर्षे कार्यकालमा जनप्रतिनिधिहरुबाट आमजनता सन्तुष्ट हुन भने सकेनन् । हामी दोस्रो ५ वर्षे कार्यकालका लागि जनप्रतिनिधि चुन्न संघारमा छौ । आगामी स्थानीय सरकारको नेतृत्व कस्तो आउनुपर्र्ला भनेर पश्चिम प्रेसका संवाददाता भुवन भट्टले स्थानीयसँग गरेको कुराकानीको सार :
    प्रकाश भट्ट
    भीमदत्त नगरपालिका २
    युवाहरुले रोजगारीका लागी बाहिरीनुपर्ने बाध्यता झन बढ्दै गएको छ । रोजगारीका नाममा आसेपासे, नजिकका मात्रै समेटिएका पाइन्छन् । उद्योगधन्दा, कलकारखाना निर्माण गर्नुको साटो करोडौँ रकम भ्रष्टाचार गरेका छन् । 
     हामी विकास चाहाने नेतृत्वको खोजिमा छौँ । नाकी सिमीत व्यक्तिमा जनप्रतिनीधी सिमीत होउन । जनप्रतिनिधी सबै जनताको अगुवा हो । गाउँठाउको विकासमा टेवा पुर्याउने खालका व्यक्तिलाई अबको निर्वाचनमा भोट खसाल्नु पर्छ । भोटमाग्ने समयमा अनेक आसा देखाउने तर निर्वाचित भइसकेपछि भने कुरै नसुन्ने जनप्रतिनिधी चाहिएको छैन् । हामी विकास चाहान्छौँ । आमजनताले रोजगारीको अवसर पाउन सके क्षेत्रको पनी विकास हुन्छ ।
     युवाहरु दुव्र्यवसनी तर्फ जानुको मुख्यकारण नै बेरोजगारी हो । अहिलेको परिवेसमा पनी युवाहरु खालि बस्नुपर्ने अवस्था देखिएको छ ।  सबैलाई सुहाउदो रोजगारी, सडकको विकास, खानेपानी पहुँच, मर्यादित समाजको निर्माण गर्न सक्ने नेतृत्वलाइ चयन गर्ने छौँ । 
     विगतमा पार्टीका आधारमा भोट दिइएपनी अब भने राम्रो व्यक्तीलाई मात्रै भोट दिनुपर्छ । पार्टीका आधारमा दिइने भोटले पार्टी बलिया त हुने तर जनता भने झनझन दलदलमा फस्दै जाने अवस्था सृजना भएको छ । उपयुक्त व्यक्ती उम्मेदवार भएर आएमात्रै भोट दिने सोच बनाएको छु ।   
    ललीत बिष्ट
    भीमदत्त नगरपालिका १२
    सबैले पत्याउने व्यक्तिलाई भोट दिने सोच बनाएको छु । स्थानियतह हाँक्ने र देश लाई परिवर्तन गर्ने दिन आउन थालेको छ ।  तर ति बिगतका कुरा हरु बिगतमा नै रहला जस्तो छ । भनिन्छ “जुन जोगी आएपनि कानैचिरेको’’ तेस्तै होला जस्तो छ माओवादी आए आफ्नै कुरा, एमाले आए आफ्नै कुरा, कांग्रेस आए आफ्नै कुरामा अल्मल्ल छन् । विकास गछौँ, वडामा परिवर्तत ल्याउँछौँ सबैका कुराहरु सुनिन्छन् , तर खाई कहिले हुने हो विकास । हामिले त भोट खसाल्नु नै छ, गाउँलेले जसलाई भन्नछन उसैलाई भोट खसालिदिन्छौँ ।गाउँठाउँको विकास होला, युवाहरुले रोजगारी पाउँलान्, सडक निर्माण होला भन्ने आसा त मरिसकेको छ । सानो तिनो व्यापार गर्दे आएको आफुले धेरै सपना पनी देखेको छैन् । व्यवशायीहरुको सहजताका लागी केही कार्यक्रम ल्याइदिए पनी पुग्छ । तर त्यो पनि पाइदैन् । 
     पाँच वर्षे कार्यकालमा जनप्रतिनिधीले गरेको देखिएको भनेको सडक ग्राभेल मात्रै हो । त्यो पनी आफ्नै घर नजिकका सडक कालोपत्रे गरिएका पाइए । केही सडक ग्रावेल त गरिएका छन् तर निर्माण भने पुर्ण रुपमा गरिएका छैनन् । अबको स्थानियतहको निर्वाचनमा उक्तसडकलाई निर्माण पुरा गर्ने भन्ने आश्वास दिन थालेका छन् उम्मेदवारहरु । छाडापशुचौपायाहरुको समस्या पनी ज्युका त्यु छ । खोइ कुन नेतृत्वले समाधान गर्ने हुन् । अब आउने नेतृत्वले समग्र नगरको विकासमा केन्द्रीत हुने छ भन्ने आसा गरेका छौँ । उपयुक्त व्यक्तिलाई नै भोट खसाल्ने सोच बनाएको छु । 
    दिया चन्द
    भीमदत्तनगरपालिका १८
    शैक्षीक उपलब्धी हासिल गरीरहेका युवाहरुको एकमात्रा आसा रोजगारी हो ।  शिक्षाको गुणात्मक विकासका लागी जनप्रतिनिधीहरुले खेल्नुपर्ने भुमिका देखिएन् । अध्ययन गरिरहेकाको सवालमा शैक्षीक कार्यक्रममा नविनता ल्याउन कार्य गर्न सक्थ्ये । तर त्यो पाइएन् । हामी योग्य र स्थानियस्तरको विकास गर्न सक्ने नेतृत्वको खोजी गरिरहेका छौँ । अबको निर्वाचनमा भने युवाहरुलाई रोजगारीका अवसर दिलाउन सक्ने नेत्तृवको खोजी गरिरहेका छौँ । युवा बेरोजगारी घटाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट खसाल्ने तयारी गरेकी छुँ ।  युवाहरुको आवस्यकता अनुसार विकास गर्न सक्ने नेतृत्वको आगामी निर्वाचनमा जरुरी छ । 
     विकासका पुर्वाधारहरुलाई जोड दिने खालका नेतृत्वलाई भोट दिने तयारी गरेकी छु । विदेश जानुपर्ने बाध्यताको अन्त्य गरी स्वरोजगारको प्रार्थमिकता गर्न सक्ने नेतृत्वले पालिका हाक्नु जरुरी छ । स्वोरजगारमुलक कार्यक्रम मार्फत युवाहरुलाई स्वेदशमै रोजगारीका अवसर दिलाउन सक्ने नेतृत्वको खोजि गरिरहेका छौँ । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस