बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

राष्ट्रिय झन्डा र राष्ट्रिय गानको धज्जी उडाउदै स्वतन्त्र उम्मेदवार


पश्चिम प्रेस
सोमबार, वैशाख २६ २०७९
  • 1.1K
    Shares

  • images
    images
    राष्ट्रिय झन्डा र राष्ट्रिय गानको धज्जी उडाउदै स्वतन्त्र उम्मेदवार

    महेन्द्रनगर । राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन । तर कञ्चनपुरको भीमदत्त नगरपालिकाका स्वतन्त्र उम्मेदवार कोमल वहादुर सिंहले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको धज्जी उडाएका छन ।
     उनले निर्वाचनको प्रचारप्रसारमा भारतीय नम्बरको गाडीमा नेपालको राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय झन्डाको अपमान गरेका छन । एकातर्फ उनले निर्वाचन आचारसहिता विपरीत प्रचारप्रसार गरिरहेका छन भने अर्को तर्फ राष्ट्रियताको अपमान गरेका छन । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधिश मदन वहादुर धामीले राष्ट्रिय झन्डाको अपमान हुने गरी प्रयोग गर्न नपाइने बताएका छन । त्यसैगरी निर्वाचन प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाईने उनले बताए । भीमदत्तनगरपालिकाका स्वतन्त्र उम्मेदवार कोमल वहादुर सिंहले भारतीय नम्बरको गाडी चलाउन पाउने नपाउने बारे जानकारी नभएको बताए ।
     राष्ट्रिय झण्डा र राष्ट्रिय गान राष्ट्रिय एकताका प्रतीक हुन । राष्ट्रिय गान गाउनु झण्डालाई सम्मान गर्नु हो । झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो । झण्डा राख्नु र झिक्नुमा पनि निश्चित नियम हुन्छ । कुनै पनि सरकारी कार्यालय वा प्रतिष्ठानमा बिहान सम्मान सलामी सहित झण्डा फहराइन्छ र साँझ उसैगरी झारिन्छ । त्यसैगरी राज्यले तोकेका उच्च ओहोदावाल व्यक्तिका सवारी साधनमा फहराइएका झण्डा समेत ती व्यक्ति गाडीबाट उत्रेपछि कभरले ढाकिन्छ र चढ्ने बेलामा फहराइन्छ । मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस