महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त(१० जिमुवास्थित ८०६÷३ नम्बरको मुख्य सीमास्तम्भ ढलेको एक दशकभन्दा बढी भइसक्यो । उक्त स्तम्भ आधाभन्दा बढी पुरिएको छ । बेसरमको झाडीमा रहेकाले सहजै देख्न पनि सकिँदैन । यसको रेखदेख तथा पुनर्निर्माणमा कसैको पनि चासो पुगेको छैन । यहिँबाटो भएर संयुक्त गस्ती टोली आउँछ तर यसको रेखदेख कसैले गर्दैनन ।
भीमदत्त–९ को खल्लामा सीमा स्तम्भ महाकालीले नदीको बाढीले बगाएको छरु। २०७० मा आएको बाढीले उक्त पिलर ढलाएको थियो । हालसम्म त्यसको मर्मत सम्भार वा पुनः निर्माणको काम हुन सकेको छैन । २०७० पछि संयुक्त, सर्भे टोलीले सीमा स्तम्भहरूको अध्ययन गरेर निर्माणको काम पनि सुरु गरेको थियो । तर महाकाली नदी किनारका यी स्तम्भ अझै मर्मत गरिएका छैनन । २०७० कै बाढीले भीमदत्त–११ चौकीसोता नजिकैको पिलर बगाएको थियो । त्यसको कुनै सोधीखोजी हुन सकेको छैन । उसो त ब्रह्मदेवमा सीमा स्तम्भ हराएकै कारण बेलाबेला विवाद हुने गरेको छ । स्थानीयका अनुसार ३ नम्बर सीमा स्तम्भ टनकपुर बाँधको जलाशयको बीच भागमा छ । तर भारतीय पक्षले उक्त स्तम्भ ब्रह्मदेवतर्फ भएको भन्दै पटकपटक विवाद झिक्दै आएको छ।
पछिल्लो पटक सिद्धनाथ सामुदायिक वनले वृक्षरोपण गर्दासमेत भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीले अवरोध गरेका थिए। उक्त भूभाग दशगजा क्षेत्रमा पर्ने भन्दै अवरोध गरेका हुन। स्थानीयले एसएसबीको विरोध गर्दा झडपकै अवस्था सिर्जना भएको छ। ब्रह्मदेव बजारसँगै जोडिएको क्षेत्रमा मुक्त कमैयाका घर निर्माणमा समेत एसएसबीले अवरोध गर्ने गरेको छ। ५ वर्षदेखि मुक्त कमैयाको घर निर्माणको काम अधुरै छ। कञ्चनपुरमा सीमा विवाद र स्तम्भ हराएको तथा मर्मत गर्नुपर्ने धेरै स्थानमा छ। १२९.५ किलोमिटर भारतसँग सीमा जोडिएको क्षेत्रमा ठाउँठाउँमा विवाद छ। स्तम्भ हराएका, जीर्ण भएका र ढलेका छन। तर तिनको पुनर्निर्माण तथा मर्मतबारे भने चासो दिएको देखिँदैन । हराएका र ढलेका सीमा स्तम्भकै स्थानमा भारतले विवाद सिर्जना गर्ने गरेको छ। २०२० सालकै बसोबास र जग्गाधनी पुर्जा भए पनि अधिकारीको जमिन दशगजामा पर्ने भन्दै एसएसबीले धम्कीपूर्ण रूपमा खनजोतमा रोक लगाएको हो । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार कञ्चनपुरमा मुख्य सीमा स्तम्भ ६४ मध्ये ६ वटा खोलाले बगाएको छ। ५ वटा हराएका छरु। एउटा पानीमा डुबेको छ भने ५ वटाको सामान्य मर्मत र १० वटाको पुनर्निर्माण गर्नुपर्ने छ ।२२२ सहायक स्तम्भमध्ये ३० वटा खोलाले बगाएको छ भने २३ वटा हराएका छनरु। निर्माण नभएका ७६ र सामान्य मर्मत गर्नुपर्ने २ वटा रहेका छन । यसैगरी १ सय ४ वटा साना स्तम्भमध्ये ७ वटा मात्रै ठीक अवस्थामा छनरु। ८५ वटा निर्माण नै भएको छैन भने ८ वटा हराएका छन् र ४ वटा खोलाले बगाएको छ ।
पछिल्लो पटक स्टिूप नक्साअनुसार संयुक्त सर्भे सुरु हुँदा लालपुर्जा भएको जमिनसमेत भारतमा पर्न थालेपछि स्थानीयले विरोध जनाएका थिए। बेलौरी(१० भुडामा लालपुर्जा भएको जमिन मात्रै नभई महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरसमेत भारतमा पर्ने देखिएपछि स्थानीयले विरोध गरेर सर्भेको काम स्थगित भएको हो । उक्त क्षेत्रका स्थानीयले स्टिूप नक्सा ठीक नभएको भन्दै त्यसलाई लागू नगर्न संघर्ष समिति बनाएर निरन्तर दबाब दिइरहेका छन ।सशस्त्र प्रहरीको गणका अनुसार पुनर्वासको बिचफाँटा, खयाकंकड, आँपताल र आनन्द बजारमा सीमा विवाद छ। बिचफाँटामा रहेको प्याराताल पछिल्लो पटक भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने भन्दै नेपालीलाई आउजाउमै रोक लगाएको छ। जबकि २०६० सम्म प्यारातालमा तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले माछा मार्ने ठेक्का दिने गरेको थियो ।
यसैगरी बेलौरी नगरपालिकाको फटिया, पचुई र भुडामा विवाद देखिएको छ । पचुईमा सीमा विवादकै कारण एसएसबीले हुलाकी सडक निर्माणमा अवरोध गरेको छ। उक्त क्षेत्रमा १२ सय मिटर हुलाकी सडक दसगजामा पर्ने भन्दै एसएसबीले निर्माणमा रोक लगाउँदै आएको हो। जबकि सडक निर्माण भइरहेको स्थान सीमा स्तम्भबाट ५० मिटर टाढा छ। त्यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका–९ स्थित प्यारा तालपारि रहेको मुख्य सीमा स्तम्भ नम्बर १९५ प्रहरीले नै अवलोकन गर्न पाएको छैन। दुधुवा नेसनल पार्क भएर सीमा स्तम्भ हेर्न जान भारतीय सुरक्षाकर्मीको अनुमतिविना सम्भव हुदैन । सीमा पिलरसम्म जान खोज्दा एसएसबीले माथिबाट लेखाएर ल्याऊ भन्ने गरेको सुरक्षाकर्मीहरुले बताउने गरेका छन । पिलर नं. १९५ प्यारातालभन्दा झन्डै पाँच सय मिटर भारततर्फ छ। डेढ दशकदेखि ढलेको उक्त पिलर जीर्ण छ, न त त्यहाँसम्म नेपाली नागरिक सहजै पुग्ने अवस्था छैन। उक्त पिलर अहिले भारतीय पक्षको एकलौटी निगरानीमा छ ।
.gif)