मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

२६ वर्षपछि महाकाली सन्धी कार्यान्वयनमा,टनकपुर ब्यारेजबाट पानी ल्याएर धान दिवस मनाउने तयारी


पश्चिम प्रेस
सोमबार, असार १३ २०७९
  • 1.0K
    Shares

  • images
    images
    २६ वर्षपछि महाकाली सन्धी कार्यान्वयनमा,टनकपुर ब्यारेजबाट पानी  ल्याएर धान दिवस मनाउने तयारी

    महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि सम्झौता भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।
      विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो ।केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।

     भारतीय पक्षले भने मूल नहर अन्तर्गत आफूले निर्माण गरेको एक हजार २०० मिटर नहरमा पानी परीक्षण गर्न खोजिरहेको छ । ‘धान दिवसका दिन नहरमा पानी ल्याएर धान दिवस मनाउने तयारीमा छौ ।’ महाकाली सिचाँइ तेस्रो चरण आयोजना प्रमुख रण वहादुर बमले भने,‘ संघिय सरकारका सिचाँइ मन्त्रीज्यूको उपस्थीतीमा धान दिवस मनाउछौ ।’भारतीय नेसनल हाइडूोपावर कर्पोरेशन (एनएचपीसी)ले पानी परीक्षणको तयारी गरेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ । पछिल्लो समय राष्टिूय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झन् बढेको छ । साढे १८ किलोमिटर मूल नहर तयार भइसकेको छ । भने सााढे १२ किलोमिटरमा गौजी खोलामा स्केप छ त्यही लगेर पानी फाल्ने योजनामा आयोजना छ । मूल नहरको २८ किलोमिटर तयार हुन एक दशकभन्दा बढी समय खर्च भइसकेको स्थिति छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा निर्माण भएपछि काम सम्पन्न हुनेछ । अहिले थप दश किलोमिटर मूल नहर निर्माणका लागि बोलपत्र प्रक्रिया समेत अघि बढेको पण्डितले जानकारी दिए ।

    आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले रु एक अर्ब २६ करोड विनियोजन गरेको आयोजनाले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभावलगायत कारणले नहर निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय निर्माणले गति लिएको छ । मूल नहरसँगै करिब पाँच हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित शाखा नहर निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।
     हालसम्म आयोजनामा रु चार अर्ब खर्च भइसकेको छ । चुरेको फेदबाट निर्माण भइरहेको मूल नहरले कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवासमा सिँचाइ पु¥याउने लक्ष छ । सन्धिअनुसार भारतले दोधारा(चादँनी नगरपालिकामा समेत सिँचाइका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । तर त्यहाँ पनि भारतले शारदा नहरबाट नेपाल(भारत सिमानासम्म बनाउनुपर्ने मूल नहर र संरचना निर्माणमा ढिलाइ गरेको छ । नहर बनाउने कुनै सुरसार छैन ।


  • सम्बन्धित विषय:

  • # महाकाली सन्धि सम्झौता
  • # टनकपुर ब्यारेज
  • # महाकाली सिँचाइ
  • # धान दिवस
  • प्रतिक्रिया दिनुहोस