महेन्द्रनगर । साउनको दोस्रो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कञ्चनपुरका शिवालयहरुमा बिहानैदेखी भक्तजनहरुको घुईचो लागेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत शिवधाम,रौटेलाधाम लगायतका शिवालयहरुमा भक्तजनहरुले पुजाआजा गरिरहेका छन ।साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ । साउन भगवान् शिवजीको महीना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।
साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ । यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ । शिवधाम,रौटेलाधाम लगायतका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् ।
.gif)