महेन्द्रनगर । महाकाली सन्धी सम्झौता भएको २६ वर्ष पछि महालीबाट दोधारा चादनीमा सिचाइ पुगाउन सर्भे भएको छ ।
महाकाली सिंँचाइ आयोजना तेस्रो चरण कार्यालयले दोधारा चाँदनीमा नहर निर्माणका लाग सर्भे सुरु गरेको छ ।
सर्भेको काम सकिनेबितिक्कै ठेक्का प्रक्रियामा जाने तयारी रहेको महाकाली सिँंचाइ आयोजना तेस्रो चरणका आयोजना कार्यालयले जनाएको छ ।आयोजनाका निर्देशक रणबहादुर बमले यसै वर्षदेखि दोधारा चादनीमा नहर निमार्ण हुने बताए । उनले जमिन अधिग्रहण गरेर छिट्टै ठेक्का प्रक्रियामा जाने लक्ष्यका साथ आयोजना कार्यालयले काम अगाडी बढाएको बताए । दोधारा चाँदनीमा नहर निर्माण अन्तर्गत ३ करोड बजेट आएको छ । उक्त बजेटमध्ये जमिन अधिग्रहण, नदी नियन्त्रण र नहर निर्माणमा खर्च गरिनेछ ।
आयोजनाअन्तर्गत दोधारा चाँदनीमा १६ किलोमिटर मूल नहर निर्माण गरिनेछ । जसमध्ये ८ किलोमिटर यसअघि निर्माण भएको मलेरिया सिँचाइ आयोजनाकै संरचनामा नहर निर्माण गरिनेछ । बाँकी ७ किलोमिटर नहर निर्माणका लागि जमिन अधिग्रहण प्रक्रिया यसै वर्षदेखि सुरु गरिने आयोजना कार्यालयले जनाएको छ । पहिलो ५ वर्षमा मूल नहर र दोस्रो ५ वर्षमा शाखा नहर निर्माण गरेर १० वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ ।
जमिन अधिग्रहण गर्नुपर्ने क्षेत्रमा स्थानीयले विरोध गरेका कारण केही समस्या देखिएको छ । एकीकृत महाकाली सन्धिअनुसार दोधारा चाँदनीमा सिँचाइका लागि शारदा नहरबाट पानी पाउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार शारदा नहरदेखि नेपाल–भारत सीमासम्म ११ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्नेछ । शारदा नहरबाट नेपालले सिंँचाइका लागि १० क्युसेक पानी पाउने सन्धीमा उल्लेख छ ।
अहिले ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले नहर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । दोधारा चाँदनीमा नहर निर्माणका लागि यसअघि २०१४ मा पनि सर्भे गरिएको थियो । उक्त नहरबाट दोधारा चाँदनीको ३ हजार हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्नेछ । महाकाली सिंँचाइ आयोजनाको नहरबाट सिँंचाइ सुविधा नपुग्ने जोगबुढा नदीपारिका बडुवाल टोल, कञ्चभोज, सुन्दर नगर र कुतियाकभरमा लिफ्टमार्फत सिंँचाइ सुविधा उपलब्ध गराइनेछ ।
.gif)