सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिदै


पश्चिम प्रेस
सोमबार, पुस १२ २०७८
  • 875
    Shares

  • images
    images

    बैतडी । बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिदै छ ।
    पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेकाले सो क्षेत्रमा सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट खानी तथा भूगर्भ विभागको टोली बैतडी आएको छ ।
    सुुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको जनाइएको छ ।
    सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ । भूगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ । सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस