महेन्द्रनगर । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतीको गति भने सन्तोषजनक छैन् ।
२०६६ सालदेखि सुरु भएको निर्माण १२ बर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजना अन्र्तगत ४१३ किलोमिटर सडक निर्माण हुदैछ ।
महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माण अन्र्तगत सबैतिर टूयाक खोल्ने काम भइरहेको बताउनुभयो । “पुरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।” इन्जिनियर घतानीले रासससित भन्नुभयो(“ शुन्य बिन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सुचारु हुन सकेको अवस्था छैन् ।
कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तर डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर टूयाक खोल्न गत बर्ष असारमा रु ५ करोड ५० लाखमा ठेक्का सम्झौता भएपनि काम भने हुन सकेन् ।
उक्त क्षेत्रको टूयाक खोल्ने काम दिवा(शनिदेव जेभीले पाएको भएपनि रुख कटानको विषय आयोजनाले टुंगोमा लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगे ।“ वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि अलि काम भएको छ ।” उहाँले भन्नुभयो(“ रुख कटानको विषय वन मन्त्रालयमा छ ।”
करिडोरअन्र्तगत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार ९५१ रुख कटान गर्नुपर्ने छ । उक्त १५ किलोमिटर टूयाक २०८० सालभित्र खोलिसक्नु पर्ने भएपनि निर्माण पक्षले एक बर्ष रित्तो बस्नुप¥यो ।
महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाले करिडोर अन्र्तगत बाँकी तीन जिल्लामा टूयाक खोल्ने काम भइरहेको जनाएको छ ।योजना कार्यालयका अनुसार हालसम्म डडेल्धुरामा २२ किलोमिटर टूयाक खुलेको छ । डडेल्धुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर टूयाक खुलाउनुपर्ने छ ।त्यसैगरी बैतडीमा १४५ किलोटिर मध्ये ७० किलोमिटर टूयाक खुलिसकेको इन्जिनियर घतानीले जानकारी दिनुभयो ।उहाँले दार्चुलामा २ सय किलोमिटर मध्ये ९४ किलोमिटर टूयाक खुलेको बताउनुभयो । दार्चुलामा २०० किलोमिटर मध्ये ७८ किलोमिटर टूयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।
२०६६ सालमा दार्चुला तिंकर सडक नामाकरण गरिएको योजना २०७४ मा महाकाली करिडोरमा परिणत गरिएको हो । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण करिडोर मानिएपनि सरकारले योजनाको रकम बिनियोजनमा भने विगतको भन्दा घटाएको छ । गत बर्ष रु ७९ करोड ४२ लाख रकम बिनियोजना भएको योजनामा चालु आर्थिक बर्षमा रु ४१ करोड मात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।
रुख कटान लगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ ।करिडोर अन्र्तगत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा १ हजार ९५१ रुख कटान गर्नुपर्ने छ । त्यसैगरी डडेल्धुरामा दश हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा २ हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयले जनाएको छ । “रुख कटानका लागि वन विकास कोषमा हामीले रु ५७ करोड रकम जम्मा गर्नु पर्नेमा रु ३७ करोड जम्मा गरिसकेका छौं ।”
इन्जिनियर घतानीले भन्नुभयो(“ रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुंगोमा पुग्छ ।”
उहाँले करिडोर अन्र्तगत सबैतिर टूयाक खोल्न ठेक्का सम्झौता भइसकेको बताउनुभयो ।
.gif)