शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा दुई मतदानस्थल थप


पश्चिम प्रेस
बुधबार, असोज ५ २०७९
  • 530
    Shares

  • images
    images
    बझाङमा दुई मतदानस्थल थप

    बझाङ । बझाङमा दुई मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केदारस्यूँ–४ मा पनि मतखान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो ।


  • सम्बन्धित विषय:

  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस