बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने


पश्चिम प्रेस
सोमबार, असोज १७ २०७९
  • 551
    Shares

  • images
    images
    निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

     रासस । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।

     आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उहाँले केही संस्थाहरु पर्यवेक्षकलाई सहरी र सुविधास म्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो ।

     आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # पर्यवेक्षक
  • प्रतिक्रिया दिनुहोस