शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


पश्चिम प्रेस
आइतबार, असोज २३ २०७९
  • 710
    Shares

  • images
    images
    निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

    महेन्द्रनगर । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता २०७९ को पूर्ण रुपमा पालना भए÷नभएको बारे निर्वाचन आयोगले सूक्ष्म रुपमा अनुगमन गर्ने भएको छ ।

     कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा शनिबार साँझ आयोजित आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले निर्वाचन आचारसंहिता पालना भए÷ नभएको बारे अनुगमन गर्नका लागि निर्वाचन आयोगले गोप्य रुपमा टोली खटाउने भएको बताउनुभयो ।

     “आयोगले खटाउने टोलीले गोप्य रुपमा अनुगमन गर्छ”, उहाँले भन्नुभयो, “टोली आएको बारे हामीलाई पनि थाहा हँुदैन, आचारसंहिता उल्लङ्घन गरेको पाइए नियमानुसार कारबाही हुन्छ ।” उहाँका अनुसार जिल्लाबाट समेत आचारसंहिता पालना गरे÷ नगरेको बारे अनुगमन हुने बताउनुभयो । 

     “निर्वाचनलाई निष्पक्ष, भयरहित र सौहाद्र्र वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक छ ।” राजनीतिक दलसँग छलफल गरेर नै निर्वाचन आयोगले आचारसंहिता बनाएकाले आचारसंहिताको पालना गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।  छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका पार्टी प्रतिनिधि लालबहादुर सिंहले आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । 

     नेकपा (माओवादी केन्द्रका लोकेन्द्रबहादुर ऐरीले यसअघिका निर्वाचनमा जारी गरिएको आचारसंहिता पालना गरिएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा समेत जारी आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

     छलफल कार्यक्रममा मनोनयन गर्दा गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी, मनोनयनका लागि  निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्दा प्रस्तावक, समर्थक, पार्टीको जिम्मेवार व्यक्ति र उम्मेदवार मात्रै प्रवेश गर्ने सहमति भएको छ । भीडभाड नगरीकनै मनोनयन दर्ताको कार्य सौहार्द्र वातावरणमा सम्पन्न गर्ने राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् । 

     मनोनयन गर्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । राजनीतिक दलहरुलाई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयले दलका प्रतिनिधिको रायका आधारमा समय निर्धारण गरेको छ । मुख्य राजनीतिक दलहरुले दिउँसो १२ बजेपछि मात्रै मनोनयनका लागि समय माग गरेका छन् । मनोनयन गर्न आउँदा ल्याउनुपर्ने कागजपत्रका बारे समेत पार्टी प्रतिनिधिलाई कार्यक्रममा जानकारी दिइएको थियो । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आचारसंहिता
  • # प्रतिनिधसभा
  • # प्रदेशसभा
  • प्रतिक्रिया दिनुहोस