लोक भणेको संसार हो, हमरा बुड़ासयाना रे हमरा सासरुनमा लै यो लोक, ऊ लोक, परलोक भण्णान । कसै लै भाषामा अफना पुर्खानले कमायाकी लोक सम्पति हुन्छी । उइ भाषामा भएको ज्ञान, अर्तिपुर्ति, साहित्य, कला, संस्कृति, परम्परा, चालचलन और लै भौत्ति । तसेरी लोकामाइ चलिआएको साहित्य लोक साहित्य हो । लोक साहित्य विशेष मनोरञ्जन, ज्ञान, अर्तिपुर्ति रे अफना लोक संस्कृति अजम्मर राख्या चिज हो । हमरा संस्कारुन रे पर्वुनमा गाइन्या गीत, सगुना, फाग, आइना, बातइ, धुमारीका माध्ययममाइ रयो साहित्य लोक साहित्य हो । लोक साहित्यमाइ लोक जीवनको फुटो धेकिन्छ रे उइबेलाका गाउँसमाजका बारेमाइ भौत कुरड़ि जाणिन्छी । एइमा हमरा पुर्खा कसा थ्या, कि खान्थ्या, कस्या हिटन्थ्या बसन्थ्या, कि कसो लौन्थ्या ले पुराइ जीवन कसो बाँचन्थ्या भण्या कुरड़ि लुगेकी हन्छी ।
नेपालको एकीकरण हनाहै पैल्लि अच्यालको सुदूरपश्चिम प्रदेश डोटी राज्यका नामले पछ्याणिन्थ्यो । अफनो छुट्टी पछ्याण बनायो डोटी राज्य भाषा, धर्म, संस्कृति, ज्ञान विज्ञान, साहित्य रे लोक साहित्यमाइ लइ भौत सौकार थ्यो । बढीजसो खेतिकिसानीमाइ जीवन बितुन्या याँका मान्सुनले लोकजीवनमा भोग्या अन्सार आफूचाइनो ज्ञान, सीप, कला, संस्कार सप्पैतिरको खोज गरी अफना पुस्तानमा दिनाइ आइरयो पाइन्छ । बुड़ो मर विद्या सर भण्याँ त किस्साइ छ, तसेरी पैल्ला पुस्ताले सिक्याका कुरड़ि अर्खा पुस्ताले समाल्लोइ आयो । तसैको फल हो डोट्याली भाषामा भएको ज्ञान विज्ञान रे लोक साहित्य । हमरा जन्म्यादिनबठे लेइबरे मरन्ज्याँ सम्म गरिन्या संस्कार, हमरा काजबार औरतिरमाइ लै भौति लोक साहित्य छ । हमरा फाग, सगुना, आइना, बातै, धुमारी, ढुस्को, अठ्यावाली, भैन, भगन्यौला, चाँचरी, रतेड़ा, भड़ा, भैलो यिनमा भएका लोक साहित्यले हमरी डोट्याली भाषा धनी छ । हमरा लोक साहित्यमाइ धर्म, पुराण, जीवन दर्शन, मौलिक कथा, इतिहास, मान्स कस्याँ उब्ज्या बठे लेइबरे देप्ता रे यो सृष्टि कस्या उब्जी भण्यासम्मकी कुरड़ि छ । एइमा एइमा एक मान्सबठे लेइबरे गउँ, समाज, राज्य, एइलोक बठे अर्खा लोकसम्मकी कुरड़ि रे कथाव्यथा रे ज्ञान विज्ञान छ ।
हमरा पूर्वकी संस्कृतिमाइ वेद सपहै जेठो रे लोक परम्परामाइ हस्तान्तरण भयो भण्याँ मान्यता छ । वेद कसैले नलेखेको रे सिदाइ भगवानकी बोलि हो भण्याँ मान्यता छ । कसै भाषामा लै लोक साहित्य जेठो हन्छ । पैल्लि केइ लै ज्ञान मौखिक हन्छ तो भौत पाछा आइबरे लेखिन्छ । जैबेला वेदका किताप नाइथ्या तै बेला लै मुखागर रुपमाइ वेद थ्यो । हमरा डोट्याली लोक साहित्यमाइ तो वेद हमरा सभ्यताइ सित जोडिबरे आइरैछ । मुइलाइत लागन्छ वेद त हमरा पुर्खानले भौत अफना जीवनमाइ भौत पैल्लि प्रयोगमा लेइगैथ्या । वेदुनमा भयाका ओखदा, विन्ती, देप्तानका माणुमा लुन्या बोलविन्ति, हमरा संस्कारुनमाइ गरिन्या पूजाआजानमा वेदमा भयाका भौत कुरड़ि छन् । इन कुरडिन बठे हम कि भण्ण सक्कु भण्याँ हमरा पुर्खा वेदको रचना गद्दामा रे वेदको ज्ञान अफनी भाषामा अजम्मर राख्खामा लै भौत ज्ञानी थ्या । डोट्याली लोक साहित्यका फाग, सगुना, रे गाथा, वैद्दिनका ओखदा, मन्तर, टुनामुनानमाइ लै वेदमा वेद छ भण्याँ, तन गौन्ज्याँका हातका ठस्कानमा ऋचा थ्या । डोट्याली लोक साहित्यका भौततिरमाइ वेद तत्व छ । तो जम्माइ ठूला खोजको विषय भयो हनाले वेद रे डोट्याली लोक साहित्यमा भयाका केइ कुरड़ि इस्या धेकुन सकिन्छ ः
क) आगाकी महिमा रे विन्ति
सृष्टि उव्जन्या कारण मध्ये एक आगो लै हो । सप्पै वेदुनमा आगाकी विन्ति गरेको हम पौनु । ऋग्वेदमा आगाकी विन्ति गरन्ज्याँ
ऋषि मधुच्छन्दाः, वैश्वामित्रः । देवता अग्निः छन्द गायत्री (आचार्य, २००९,पृ.१)
एइमा आगालाइ देप्ता मानिबरे विन्ति गरेकी कुरडि छ । पैल्लि हमरा रिखीनले आगालाइ निउतो दिएको रे आगाले धन, पोषण, पराक्रम दिन्या, देप्तानलाइ खुसी गद्या, यज्ञ सुफलो गद्या रे सत्यकी रक्षा गद्या कुरड़ि लेखिराखिछ ।
तसेइ अथर्ववेदमाइलै आगालाइ वैश्वानर भणि प्रथना गरेकी कुरड़ि छ ।
ऋषि अथर्वा ः (स्वस्त्यनकामः) देवता अग्निः, छन्द गायत्री (आचार्य, २००८, पृ.१४६)
हम तन अग्नि वैश्वानरुनको पूजा गद्दु जो यज्ञमाइ ज्योतिका अधिपति सदाँ उजाला रनान । इसा अग्निदेव इच्छित फल दिनान भण्याँ भाव एइ त्तचामाइ पाइन्छ ।
तसेइ डोट्याली लोक साहित्यमाइ लै वैश्यानरो फाग छ जो केइ लै शुभकाम गरन्ज्या होम गद्याबेला एइठौरकी फगारिन गौन्छिन् । आगालाइ डोट्याली लोक साहित्यमाइ वैश्यानर भण्णान एइ फागमा वैश्यानर उव्ज्या बठे लेइबरे उइकी महिमा रे कि कसो भाग लागन्छ सप्पै कुरड़ि औन्छी
काँ रे उबजी ग्या दिवु वैश्या नर....
ज्याति रे ज्योति वैश्यानर ज्योति ... (भट्ट, २०६३, २८)
इस्या आगाकी उत्पत्तिबठे होम गद्या समान, कस्याँ वैश्यानर खुशी हन्ना, इसो इसो समान होम गद्यारयु तम खुशी होइदिय । यो यज्ञ सुफल गरिदिय भणि इस्या विन्ति गरेको धेकिन्छ ः
बाह्र न बरिसैका भोका वैश्यानर केउइको मागन्ना भोग
बाह्र न बरिसैका तिसा वैश्यानर केउइको मागन्ना भोग
बाह्र न बरिसैका भोका वैश्यानर जौँ तिले मागन्ना भोग
बाह्र न बरिसैका भोका वैश्यानर घि गुड़ मागन्ना भोग
इस्याँ आगामाइ जौँ, तिल, घि, गुड औरलै भौति हवन गद्या समानका बारेमाइ उल्लेख एइ फागमाइ पाइन्छ । इसेरी गरेका होमले वैश्यानर खुसी हन्या रे यज्ञ सफल गद्या कुरड़ि एइ फागमा औन्छि जो जो ऋग्वेदका मथिमुण दियाका ऋचासित मिलन्छी ।
ख) सूर्जकी महिमा रे विन्ति
इसेरी वेदमा सर्जका रुपमा विराजमान इन्द्रकी विन्ति छ । डोट्याली लोक साहित्यका संस्कार गीतुनमाइलै पाइन्छ । मान्स जन्म्यापाछा गरिन्या नन्नका दिन सूर्ज जत्कालिले सूर्ज ज्वारन्ज्याँ सूर्जकी उत्पत्ति रे महिमाकी वर्णन रे गेदाकी रक्षा गरिदिया भणि सगुनानका माध्यमले विन्ति लाउनान, जो इसो छ ः
कहाँ रे उबजी गया चन्द्र सूरिज
पूर्व उबजीगया चन्द्र सुरिज ..... (टेर, २०७५, १)
ग) गाइकी महिमा रे विन्ति
वेदमा गाईकी महिमा वर्णन गरिबरे इन्द्रखाइ गौशाला खोलिबरे गाइरुपी धन मागेकी कुरडि औन्छी । गव्य सामग्री रे तैबठे देप्ता, मान्सु, पितर सपै अगान्या र भौत निको हन्या कुरड़ि वेदका ठौर ठौर छ । तसेइ डोट्याली लोक साहित्यमाइ लै गोदान गरन्ज्या गाइन्या फागमाइ गोदानले पितरुनको तारण गद्या रे यज्ञ सफल गद्या भणि गाइ रे गौदानको महत्व वर्णन गरेको पाइन्छ । तसेइ गाइ बठे पाइन्या दुद, दइ, घि, गौँतकी महिमा वेदमा भयाकी जनी गायो पाइन्छ । इस्याँ गाइकी उत्पत्ति, विन्ति रे गाईबठे मिल्या चिजकी प्रशंसा लोक साहित्यमाइ इस्याँ गरेकी पाइन्छी ः
काँ रे तम कैलु गाईको जरमनु भैथ्यो,
काँ तमरा पाउ रोकिया ....
देवता खुलास हन्ना पितर खुलास ... (भट्ट, २०६३, पृ. २८)
इसेरी वेदामा भयाका पिपल, तुलसी, दुवो, काचोहल्दो, मह, जसा रुख , ओखदा औरतिर लै भौत्ति कुरड़ि डोट्याली लोक साहित्यका फाग, सगुना, मन्तर रे हमरा लोक वाङ्मयमा रैरयान । तनरी खोजी गरी, तनरो निक्करी अध्ययन गरी प्रचार प्रसार गद्य सक्याले भौत फाइदा हन्या कुरड़िमा दुइमत नाइथिन ।
सन्दर्भ सामग्री
आचार्य, मानिक (२००८) अथर्ववेद, साधना पव्लिकेशन्स, दिल्ली
आचार्य, मानिक (२००९) ऋग्वेद, साधना पव्लिकेशन्स, दिल्ली
भट्ट, माया (२०६३) वैदिक संस्कारका माङ्गलिक आभुषणहरु, विवेक स्मृति प्रतिष्ठान, भक्तपुर
टेर, अमर बहादुर (२०७५) गौरा, द.न.पा. १, गुरुखोला वडाकार्यालय
.gif)