शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा


पश्चिम प्रेस
मंगलबार, कात्तिक ८ २०७९
  • 739
    Shares

  • images
    images
    प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

    महेन्द्रनगर । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । 

    राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । टोलीको उपकप्तानमा वसन्त खत्री र अन्य सदस्यमा बीरेन्द्र नाथ, गजेन्द्र बोहरा, शेर मल्ल, नारायण जोशी, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमटा, नरेन सावद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी छन् । 

    साथै, खड्कबहादुर बोहरा, बीरेन्द्र बम, कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली घोषणा गरिएको जनाएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौँमा हुदैछ । सुदूरपश्चिमले पहिलो खेल कात्तिक १४ गते गण्डकी प्रदेशसँग खेल्दैछ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # प्रधानमन्त्री कप
  • प्रतिक्रिया दिनुहोस