बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

मतपत्र मिलाउँदै कर्मचारी


पश्चिम प्रेस
शनिबार, कात्तिक २६ २०७९
  • 565
    Shares

  • images
    images
    मतपत्र मिलाउँदै कर्मचारी

    महेन्द्रनगर । मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरमा अहिले मतदान केन्द्रअनुसार मतपत्र मिलाउने र अर्कोतर्फ मतपेटिकादेखि छाप, स्ट्याम्प पेड र कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा जुटेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी मतपत्र व्यवस्थापनमा लागेका छन ।
     जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्र पुगेको छ । अहिले केन्द्रअनुसार मतपत्र मिलाईदैछ ।  प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नं. १ मा ९१ हजार ११०, २ मा १ लाख ५ हजार ५७७ र ३ मा ९७ हजार ८२२ मतदाता छन । जिल्लाभरिमा १३२ मतदान स्थल र ३४६ मतदान केन्द्र छन । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । उनका अनुसार शुक्रबारदेखि तीन दिन तालिम सञ्चालन हुनेछ । तालिमपश्चात् आवश्यक निर्वाचन सामग्री र मतपत्र दिएर कर्मचारीलाई मतदान स्थलमा पठाइनेछ ।
     जिल्लामा कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र पनि राखिएको छ । कारागारका कैदी बन्दी र कर्मचारीका लागि ती अस्थायी मतदान केन्द्र राखिएको हो । जिल्लामा संवेदनशील र अति संवेदनशील मतदान स्थलहरू पहिचान गरिए पनि सार्वजनिक गरिएको छैन । निर्वाचन सुरक्षा योजना लागू भइसकेको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # मतपत्र
  • # कर्मचारी
  • प्रतिक्रिया दिनुहोस