होटेल व्यवसाय भनेको सामान्यतया खाने र बस्ने सुविधाको वितरण गरी त्यसबाट आर्थिक लाभ सिर्जना गर्ने व्यवसाय हो । अर्को शव्दमा भन्नुपर्दा नाफामुखी सेवाका विविध रुपहरुमध्ये खानपान र आवासको वितरण गर्ने व्यवसाय नै होटेल व्यवसाय हो । होटेलभित्र विभिन्न प्रकारका स्वादिष्ट भोजन, खाजा, पेयपदार्थ, मिष्ठान्न, फलफूल आदिको वितरणका साथै यात्रीहरुलाई आवश्यकता अनुसारको दिवा या रात्रीकालीन विस्रामको सुविधा रहेको पाइन्छ । यस्तो किसिमको सेवा उपभोग गर्नेहरुमा विभिन्न छोटो तथा लामोदूरीका यात्रुहरु, घरमा खाना बनाउन अफ्ठ्यारो तथा असम्भव भएका, विभिनन पेशा व्यावसाय तथा कामहरुमा खाना बनाउन फुर्सद नभएका तथा विभिन्न प्रकारको स्वादका सोखिन व्यक्तिहरु हुने गर्दछन् । यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसारको खाना, खाजा, नास्ता लगायत विश्रामको सुविधा उपलब्ध गराइ मुनाफा कमाउने व्यसाय नै होटेल व्यवसाय हो ।
एक ठाउँबाट अर्को ठाउँ वा एउटा देशबाट अर्को देशमा घुमफिर गर्ने मानिसहरुलाई पर्यटक भन्छिन् । व्यापार, मनोरञ्जन, अनुसन्धान, धार्मिकलाभ आदि विविध प्रयोजनका लागि गरिने घुमफिरलाई पर्यटन भनिन्छ । विशेष गरेर कुनै ठाउँको प्रकृति, संस्कृति तथा विविध क्षेत्रको बारेमा जानकारी राख्न तथा नयाँनयाँ कुराहरुले मनलाई प्रफुल्ल पार्न मानिसहरु घुमफिर गर्ने गर्दछन् । त्यसैगरी विभिन्न ऐतिहासिक स्थल तथा धार्मिक स्थलहरुको बारेमा जानकारी लिन लागि पनि मानिसहरु घुमफिर गर्ने गर्दछन् । विभिन्न रहस्य, ज्ञान र सुन्दरताले भरिएको पृथ्वीका विभिन्न भागहरुको अवलोकन भ्रमणबाट मानिसहरुले ज्ञान लिनका साथै मनोरञ्जन गर्ने गर्दछन् । पर्यटकहरुले भाषा, कला, साहित्य, ज्ञान तथा विज्ञानको आदानप्रदान गर्ने काम पनि गर्दछन् । यसका साथसाथै देशभित्र वा बाहिरका मानिसहरुसाग सम्बन्ध बनाइ मित्रताको आदानप्रदान गरी विश्वलाई एउटै घर र त्यहाँका सम्पूर्ण मानिसहरुलाई एकै परिवारका सदस्य हौँ भन्ने मानवताको पाठ पनि सिकाइरहेका हुन्छन् । पर्यटनहरुलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाँदा त्यसठाउँको भाषा, खान र बस्नका लागि सुरक्षित वातावरणको आवश्यकता पर्दछ । यसरी पर्यटनहरुलाई आश्वश्यक सेवा दिएर तिनीहरुबाट आर्थिक मुनाफा लिन सञ्चालन गरिने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ ।
संसारमा जेजति पनि कामहरु छन् तिनीहरु सेवा र अर्थसँग सम्बन्धित हुन्छन् । होटल तथा पर्यटन व्यवसाय पनि सेवा र अर्थसँग सम्बन्ध राख्दछ । विभिन्न ठाउँबाट आएका पर्यटकहरुलाई विभिन्न किसिमका जानकारीका साथै त्यस ठाउँको घुमफिरका क्रममा सुरक्षित आवास र खानपिनको आवश्यकता पर्दछ । उनीहरुको यस्तो आवश्यकता पुर्ती गर्ने एक मात्र साधान होटेलहरु हुन् । कुनै पनि मानिसलाई मिठो बोलि व्यवहार, मिठो खाना, सुरक्षित आवास मन पर्दछ । त्यसै गरी नयाँ ठाउँमा आएका मानिसहरुलाई सही मार्गदर्शकको पनि आवश्यकता पर्दछ । होटेल एक सार्वजनिक संस्था भएकाले यात्रु तथा अथितिहरुको सत्कारका साथै सही जानकारी दिने उसको कर्तव्य हुन्छ । पर्यटकहरुले बाहिरफेर घुमिरहेका मानिस भन्दा पनि सार्वजनिक संस्था भएकाले होटेलमा बढी विस्वास गर्दछन् । संसारको कुनै पनि ठाउँमा राम्रा नराम्रा मानिसहरु हुने भएकाले अन्य व्यक्तिबाट सहयोग लिदा कतै नराम्रो नियतको मानिसको फेला परेमा उसले ठग्ने तथा लुट्ने समस्या पनि उत्तिकै रहन्छ । यसकारण यस्ता क्रियाकलापबाट बच्नका लागि पनि पर्यटक तथा यात्रुहरु होटेललाई एक सुरक्षित स्थानका रुपमा लिने गर्दछन् । भोलिको दिनमा कुनै समस्या परे पनि सजिलैसँग गुनासो गर्न पनि सजिलो हुने भएकाले होटेलहरुमा यस्ता घटनाहरु न्युन हुन्छन् । होटेल एक व्यवसाय भएकाले सरकारी तथा अन्य संस्थाहरुमा दर्ता भएर व्यक्तिगत हुँदाहुँदै पनि सरकारी सञ्जालसँग जोडिएको हुन्छ । यसकारण होटेल पर्यटकहरुको वास्थानका लागि सुरक्षित स्थान हो ।
होटेल व्यवसाय र पर्यटन व्यवसाय एकै सिक्काका दुई पाटा हुन । होटेल र पर्यटनलाई अलग अलग व्यवसायका गरी चलाउन सकिदैन् । कुनै पनि मानिसलाई खाना आवश्यक हुन्छ । त्यसैगरी दिनभरी घुमेपनि रात्रीकालीन समयमा विश्रामको आवश्यकता पर्दछ । यसका लागि होटेलको आवश्यकता पर्दछ भने घरमै बसेको मानिस कुनै विशेष अवसर बाहेक घरबाहिर बस्ने र खाने काम गर्दैन । होटेलमा बस्ने र खाने भनेका बाहिरबाट आउने मानिस नै हुन यसकारण यात्रु तथा पर्यटन बिना होटेल व्यवसाय पनि फस्टाउन सक्दैन । यसकारण होटल व्यवसाय र पर्यटन व्यवसाय एकै सिक्काका दुई पाटा हुन् । बाहिरबाट घुमफेरका लागि आउने मानिसहरु नयाँ कुराको अनुभव लिन रुचाउँछन् । उनीहरु त्यस ठाउँका अन्य मौलिकता जस्तै खानपिनमा पनि विशेष ध्यान दिने गर्दछन् । यस्तो अवस्थामा स्थानीय परिकारहरु पकाएर नयाँ स्वादको आस्वादन गराउनमा पनि होटेलहरुले भूमिका खेल्दछन् । त्यसैगरी कोही मानिस आफूले खाँदै गरेका कुरा मात्र खान मन पराउँछन् त्यस्ता व्यक्तिहरुलाई उनीहरुकै चलनचल्तिमा रहेको भोजन बनाउन सामान्य मानिसले सक्दैनन् । यसका लागि पनि होटलहरुको आवश्यकता पर्दछ । ठूलाठूला होटेलहरुमा हरेक ठाउँमा प्रचलिक खानाहरु पकाएर खुवाउने गर्दछन् । सबै मानिस एकै किसिमका हुँदैनन् । कोही मानिस सामान्य रहनसहन तथा सुविधामा पनि सहजै रमाउन सक्छन् भने कुनै मानिसलाई आफू अनुसारको स्तरीयता पनि मन पर्छ । यसका लागि पनि उनीहरुको इच्छा अनुसारको आवास तथा रहनसहनको व्यवस्था होटेलहरुले नै गरेका हुन्छन् । त्यसै गरी उनीहरुले चाहेको ठाउँमा घुमाउने, यातायातको व्यवस्था गरिदिने तथा उपयुक्त गाइडको व्यवस्था गर्ने काममा पनि होटेलहरुको महत्वपूर्ण भूमिका रहन्छ । बसपार्क, तथा एयरपोर्टबाट यात्रुहरुलाई ल्याउने तथा समयमा पुगाउने कार्यका लागि पनि होटल व्यवसायले महतवपूर्ण भूमिका खेलेका हुन्छन् । बाहिरबाट आउने यात्रुहरु सूचना र प्रविधिको बढी प्रयोग गर्दछन् । उनीहरुले आफूले बस्ने र घुम्ने ठाउँ पहिल्यै तय गरी समयमा सुरक्षित बासस्थानको लागि पुग्नुअगावै अनलाइनबाट होटेल बुक गरी आफूले ओलिर्ने ठाउँबाट होटेलसम्म पुग्नका लागि अनलाइनबाटै सेवाको बुकिङ गरिरहेका हुन्छन् । यस्तो सेवा केवल होटेलले मात्र उपलब्ध गर्न सक्छ । यसरी समग्रमा भन्दा पर्यटन व्यवसायका लागि होटेल व्यवसाय र होटेल व्यवसायका लागि पर्यटन व्यवसाय एकै सिक्काका दुई पाटा हुन् ।
.gif)