मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

तीन वर्षमा सक्नुपर्ने हुलाकी सडक ६ वर्षमा पनि सकिएन


पश्चिम प्रेस
सोमबार, माघ २३ २०७९
  • 566
    Shares

  • images
    images
    तीन वर्षमा सक्नुपर्ने हुलाकी सडक ६ वर्षमा पनि सकिएन

    महेन्द्रनगर । कञ्चनपुरमा हुलाकी सडकको काम सुरु भएको ६ वर्ष पुग्यो । तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौतासहित काम सुरु भएको सडक निर्माणको काम दोब्बर समय बितिसक्दा पनि सकिएको छैन । बर्सेनि म्याद थप मात्रै हुँदै आएको छ ।कैलाली र कञ्चनपुरको सीमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेदकोट नगरपालिकाको सिसैसासम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम तीन प्याकेजमा भइरहेको छ । हालसम्म कुनै पनि प्याकेजको काम सकिएको छैन ।
    ‘तीन वटै प्याकेजको काम अलपत्र छ,’ हुलाकी सडक आयोजना धनगढीका प्रमुख सविन जोशीले भने, ‘कारबाहीका लागि पत्राचार पनि भइसक्यो, तर काम अगाडि बढ्न सक्दैन ।’ पछिल्लो पटक सार्वजनिक खरिद नियमावली संशोधनले असार मसान्तसम्म स्वतः म्याद थपिएको छ ।

    हुलाकी सडक आयोजनाका अनुसार डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म पहिलो प्याकेजको २० किलोमिटर र बेलडाँडीदेखि सिसैयासम्म तेस्रो प्याकेजको २२ किलोमिटर सडक निर्माणका लागि ०७३ फागुनमा शर्मा/राजेन्द्र जेभीसँग सम्झौता भएको थियो । पहिलो प्याकेज ३६ करोड ४७ लाख र तेस्रो प्याकेज ३८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो । राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको हो । उनी डडेलधुराको परशुराम नगरपालिकाका पूर्वनगरप्रमुख पनि हुन् । राजनीतिक पहुँचकै आधारमा पटक पटक म्याद थप गर्ने तर निर्माण नगर्ने गरेका कारण अन्य थुप्रै योजनाहरू अलपत्र परेका छन् । हुलाकी सडक आयोजनाका उनको निर्माण कम्पनीले ठेक्का लिएको पहिलो प्याकेजको काम ९० प्रतिशत सकिएको छ भने तेस्रो प्याकेजको काम ७५ प्रतिशत मात्रै सकिएको छ । लामो समयदेखि निर्माण कार्य पनि अलपत्र परेको छ ।

     


  • सम्बन्धित विषय:

  • # हुलाकी सडक
  • प्रतिक्रिया दिनुहोस