बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर महोत्सवमा मकै र कोदाको रोटी


पश्चिम प्रेस
मंगलबार, फागुन २ २०७९
  • 2.7K
    Shares

  • images
    images
    कञ्चनपुर महोत्सवमा मकै र कोदाको रोटी

    महेन्द्रनगर । सोमबारदेखि सुरु भएको कञ्चनपुर औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको मौलिक खाना मकै र कोदाको रोटी आकर्षणको रूपमा रहेको छ । 
     बझाङ्गबाट महेन्द्रनगर आएका सरस्वती कृषक महिला समुहले सुदूरपश्चिमको परम्परागत मौलिक खानाका परिकारमा पौस्टिक तत्वसमेत पाइने भएकाले महोत्सवमा मकै र कोदाको रोटी लगायत मौलिक खानाको परिकारहरु राखेका छ । सरस्वती कृषक महिला समुह बझाङ्गका अध्यक्ष मायादेवी जप्रेलले मौलिक परिकारहरू राखिएको बताउनुभयो । “कोदाको रोटीले रगत बढाउने काम गर्छ बझाङ्गको डल्ले मुला आखाको रोग लाग्न बाट बचाउछ ।” उहाँले भन्नुभयो–“रोटीसंग छाच,हरियो पालुङ्गोको साग पनि खान पाईन्छ ।” उहाँले आफ्नो मौलिक खानाको प्रवद्धनका लागि बझाङ्गबाट महेन्द्रनगर आएको बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # कोदाको–रोटी
  • प्रतिक्रिया दिनुहोस