महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ ।
२०६९ सालमा ललितपुरको सदर चिडियाखाना र २०७२ सालमा बर्दिया खैरापुरबाट ४२ वटा कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर कृष्णसारको संख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
गत शुक्रबार सम्पन्न भएको गणना अनुसार कृष्णसारको संख्या बढेर दुई सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । पछिल्लो गणना अनुसार भाले बयस्क ६५ वटा,पोथी बयस्क ८७ वटा कृष्णसार रहेका छन ।
पूर्ण वयस्क नभएकाले पोथीको संख्या २३ वटा रहेको छ भने पूर्ण बयस्क नभएका भाले कृष्णसारको संख्या २४ वटा रहेको छ । त्यसैगरी ५२ वटा पाठापाठी छन । “गत फागुनमा गणना हुँदा कृष्णसारको संख्या दुई सय ३७ वटा रहेको थियो ।” सहायक संरक्षण अधिकृत ऐरले भने–“चैत पहिलोसात सम्पन्न गणनामा यो संख्या बढेर दुई सय ५१ पुगेको छ ।” उनले हिरापुर फाँटामा कृष्णसारको लागि पर्याप्त बासस्थान रहेको बताए । “१९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरि यहाँ कृष्णसार ल्याइएको हो ।” उनले भने–“सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुवता गरेको कृष्णसारको बासस्थान अहिले करिब ५९ वर्गकिलोमिठर पुगेको छ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृष्णसारको संख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा समेत अध्ययन भइरहेको छ । “यहाँ कृष्णसार बढ्दै छन यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ ।” उनले भने–“निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।” केही वर्षयता उत्साहजनक ढंगले कृष्णसारको संख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो ।
शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिंगाको प्रमुख बासस्थान हो । गत वर्षको राष्ट्रिय गणना अनुसार यहाँ बाघको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको संख्या संख्या ३६ पुगेको छ
.gif)